धनगढी, २५ असोज ।सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार १ सय ६३ पुगेको छ ।



प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ६ सय १६, डोटीमा १ सय २५, कञ्चनपुरमा १ सय २६, बझाङमा १ सय १४, अछाममा ५३, बैतडीमा ३४, डडेल्धुरामा १६ र दार्चुलामा ७६ जना सक्रिय संक्रमित रहेका छन भने बाजुरा जिल्लामा कोरोनाका संक्रिय संक्रमित शून्य रहेको छ ।
संक्रिय संक्रमित मध्ये १ सय जनाको मात्र अस्पतालका आईसोलेसनमा भर्ना भएका छन ।
सुदूरपश्चिमबाट हाल सम्म ६ हजार ८ सय सय ६४ जना डिस्चार्ज भएका छन । आईतबार कैलालीका ८७, टिकापुरका ९, बैतडीका ८, कन्चनपुरका ३ र डडेल्धुराका १ जना गरी १ सय ८ जना डिस्चार्ज भएका छन ।
Views: 151

























