२०८३ कार्तिक २६ बुधबार
२०८३ कार्तिक २६ बुधबार

अमिताभसँग फिल्म खेल्दै दीपिका

मुम्बई : अभिनेत्री दीपिका पादुकोण बलिउड हस्ती अमिताभ बच्चनसँग देखिने भएकी छन्। नाग आश्विनको निर्देशन रहने तेलेगु फिल्ममा दीपिका र अर्का नायक प्रभाष यसअघि नै अनुबन्धित थिए। शुक्रबार अमिताभ पनि सो फिल्ममा देखिने घोषणा गरियो।

फिल्म निर्माता कम्पनी व्याजयन्ती मुभिजको आधिकारिक ट्विटरमा उल्लेख छ, ‘करोडौंको मुटुमा रहेका अमिताभ बच्चनलाई हामी फिल्ममा स्वागत गर्छौँ। हाम्रो यात्रा अझै बृहत् बन्दै छ।’ फिल्म निर्माण कम्पनी व्याजयन्तीको स्वर्ण वर्षगाँठ पूरा भएको उपलक्ष्यमा उक्त घोषणा भएको जनाइएको छ।

त्यसैगरी अमिताभले ट्विट गर्दै एक ऐतिहासिक भेन्चरमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरेका छन्। स्मरण रहोस्, उनी हाल सोनी च्यानलको ‘कौन बनेगा करोडपति’ कार्यक्रममा व्यस्त छन्। निर्देशक आश्विनका अनुसार फिल्म सन् २०२१ को अन्त्यसम्ममा सार्वजनिक हुनेछ। दीपिका तामिल फिल्म ‘कोचादैयाँ’मा पनि अनुबन्धित छिन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।