लाई पिरती टुट्यो कस्याँ छुटी मन्की रानी।
कि भणेर डाँको लगाउ क्यारु माया माणी॥



बास् भयाले गास् हुनैन बनकी चरीलाई।
सम्झना अधुरा भया जिवन भरीलाई ॥
जोवन सकिन लाग्यो पिर्ता रैयो बाँकी।
तेरा मेरा मन्का कुरा मन्का मनै राखी॥
यै धर्तीमा ठाउँ भयन आकाश उडुकी।
आईजाउकी सुवाकी कोलः पताल बुडुकी ॥
आखाँले धेकेकी मैना मुटु लागि चोट।
नत तेरो याद मेटीयो नत खुल्यो ओठ॥
कस्याँ मन ठेगाना राखौँ कस्याँ बनाउ शान्त।
काँ जानु हो हे निस्ठुरी मन बस्दैन अन्त ॥
दिल कठायत
(डडेल्धुरा जिल्ला सकायल
हाल कुवेत)
Views: 183

























