२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

शुक्लाफाटा नगरपालिकाका-९ वडा अध्यक्ष ऐर पशुचौपाया ब्यवस्थापनमा तल्लिन

गौरब बिष्ट/कञ्चनपुर- शुक्लाफाटा नगरपालिकाका वडा नम्बर ९ का वडा अध्यक्ष रमेश बहादुर ऐर पशुचौपाया ब्यवस्थापनमा तल्लिन छन !

शुक्लाफाटा नगरपालिकाका १२ वटै वडा बाट संकलन गरिएका छाडा पशु चौपाया ब्यवस्थापनमा आज भोली वडा अध्यक्ष ऐर दिनरात नभनी लागि परेका छन ।

गत साउन १२ गते शुक्लाफाटा नगरपालिका वडा नम्बर ८ मा बिगत २ बर्ष देखि ब्यवस्थापन गरिदै आएका छाडा पशु चौपायाहरु एका एक शुक्लाफाटा नगरपालिकाको परिसरमै हुलिय पछि छाडा पशु चौपायाहरु ३ दिन सम्म नगरपालिकाकै परिसरमा हुलिएका थिए हुलियको चौथो दिन बाट शुक्लाफाटा नगरपालिकाकै परिसर सङ्ग जोडिएको श्री कृष्ण माध्यमिक बिद्यालय झलारीमा राखियो करिब एक साता पछि साउन १८ गते बाट शुक्लाफाटा नगरपालिकाको बिन्द्राबन सामुदायिक बनमा राख्ने सहमती संगै निर्णय गर्दै वडा नम्बर ९ का वडा अध्यक्ष रमेश बहादुर ऐर र शुक्लाफाटा नगरपालिकाको कार्यालय बिच लिखित रुपमै सहमती भए पश्चात् बिन्द्राबन सामुदायिक बनमा संरक्षण र ब्यवस्थापन गरिदै आएको छ ।

करिब तीन महिनाको अन्तरालमा वडा अध्यक्ष ऐरले रात दिन,भोक प्यास नभनी शुक्लाफाटा नगरपालिकाका छाडा पशु चौपाया ब्यवस्थापनमा खटिनु भएको छ ।

ब्यवस्थापनमा खटिए संगै वडा अध्यक्ष ऐरले विभिन्न संघ सस्था सङ्ग समुन्वय गर्दै आर्थिक सहयोग,निशुल्क पशु आहारा,पशुको स्वास्थ परिक्षण गराउदै आएका छन । यसै बिच शनिबार पत्रकार सङ्ग छलफल एवम सुझाव संकलन कार्यक्रमको आयोजना गरेका छन कार्यक्रममा स्थानिय पत्रकार देखि रास्टृय स्तरका पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा वडा नम्बर ९ का जनप्रतिनिधिहरु र स्थानिय वडा बासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै शुक्लाफाटा छाडा पशु चौपाया ब्यवस्थापन केन्द्रका अध्यक्ष करन सिंह ऐरले पुराना संरचना एका तिर नयाँ ब्यवस्थापनको जिम्मा एकातिर दिदा थोरै पुजिमा ब्यवस्थापन गर्न धेरै अप्ठ्यारो परेको दुखेसो पोखे ।No description available.

त्यस्तै वडा अध्यक्ष रमेश बहादुर ऐरले छोटो समयमा विभिन्न संघ सस्थाले दिनुभएको सहयोग,माया साथ र हौसलाको सम्मान गर्दै आगामी दिनहरूमा पनि यस्तै सहयोगी हातहरुको खाचो परेको भन्दै नगरपालिकाले यो चालू आर्थिक बर्ष २०७७/०७८ का लागि ४० लाख रुपैयाँ रमक बिनियोजित गरेको भए पनि उक्त रकमले नयाँ ब्यवस्थापन,पुर्वाधार,भौतिक संरचना निर्माण,गाईगोरुहरुको हेरचाह गर्ने हेरालाहरुको पारीश्रमिक ब्यवस्थापन गर्नै हम्मे हम्मे परेकाले स्थानीय तहको सहयोगले मात्रै छाडा पशु चौपाया ब्यवस्थापन गर्न साह्रै गाह्रो रहेकाले प्रदेश सरकार र संघीय सरकारले पनि चासो देखाउदै सहयोग गरेमा अलि सहयोग पुग्ने बताए ।

No description available.

त्यस्का साथै कार्यक्रममा शुक्लाफाटा नगरपालिका वडा नम्बर ९ को कार्यालयले अहिले सम्म गरेका बिकास निर्माणका कार्यक्रमहरु भाबी बिकास निर्माण कार्यक्रम बारे जानकारी समेत गराएका थिए । यसै गरि शुक्लाफाटा नगरपालिका वडा नम्बर ९ भित्र रहेका विभिन्न पर्यटकीय स्थलहरुको जानकारी गराउनुको साथै स्थलगत निरीक्षण तथा अबलोकन पनि गरेको छ ।

वडा भित्र चारवटा तालहरु कमल ताल,पुरैना ताल,अजिङ्गर ताल र नौरङ्गा ताल रहेको जानकारी गराउदै प्रचार प्रसारको ओझेलमा परेकाले अहिलेसम्म प्रचार प्रसार गर्न नसकेको भए पनि यसै आर्थिक बर्ष बाट यी प्रयटकिय स्थलहरुको प्रचार प्रसार संगै संरक्षणमा विशेष ध्यान दिने प्रतिबद्धता समेत गरेका छन । ६८० घरधुरी रहेको वडा नम्बर ९ मा गएको तीन बर्षमा १७ ओटा शाखा सडक र २ ओटा मुलबाटाहरु निर्माण गरिएको छ ।No description available.

विभिन्न स्थानमा स्वचालित खानेपानीका ट्युबवेलहरु पनि निर्माण गरिएका छन । १९९ हेक्टर क्षेत्रफलमा फैलिएको बिन्द्राबन सामुदायिक बनमा छाडा पशु चौपाया ब्यवस्थापन र त्यो भन्दा पहिला बैजनाथ सामुदायिक बनमा पशु चौपाया ब्यवस्थापन गरिए संगै शुक्लाफाटा नगरपालिका अन्तर्गत पर्ने राजमार्गमा छाडा पशु चौपायाको कारण हुने दुर्घटना र किसानहरूले लगाएको बालिनाली समेत जोगिएको छ ।

बिकासका पुर्वाधारहरु छ्यापछ्याप्ती भए संगै ९० लाखमा यसै बर्ष शुक्लाफाटा नगरपालिका वडा नम्बर ९ को कार्यालय बन्ने भए संगै वडाबसी बिकासको काममा हर्षित र खुसी भएका छन ।No description available.

No description available.

शनिबार आयोजित कार्यक्रम बिहान १० बजे बाट दिउँसो २ बजे सम्म शुक्लाफाटा छाडा पशु चौपाया ब्यवस्थापन केन्द्र शुक्लाफाटा नगरपालिका वडा नम्बर ९ को बिन्द्राबन सामुदायिक बन नौखरीमा गरिएको थियो ।

No description available.No description available.No description available.No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।