२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

बाजुरा : ९ दिन पछि एक बालिकाको शव भेटियो, ४ जना अझै बेपता

बाजुराको हिमाली गाउँपालिका ५ स्थित कवाडीमा १६ गते बेपत्ता भएका एकै परिवारका ५ जना मध्ये एक जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराले ४ वर्षकी सन्तोषी नेपालीको शव भेटिएको जानकारी दिएको छ । अन्यको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक मदन जित महराले जानकारी दिए । 
हिमाली गाउँपालिका ५ स्थित कवाडी बस्दै आएकी ३० वर्षीया सत्ता नेपाली १६ गते साँझ ५ वर्षीया छोरी आरती, ४ वर्षकी सन्तोषी, २ वर्षका छोरा सम्मान र एक वर्षीया छोरी किस्मती सहित बेपत्ता भएकी थिइन् ।
छोरा छोरी सहित कवाडी नदीमा नुहाउन गएकी उनी नुहाउने क्रममा बेपत्ता भएकी थिइन् । 
५ जना बेपत्ता भएको ९ दिन पछि एक जनाको शव फेला परेको हो । उनीहरुको बेपत्ता भएको करिब १० किलोमिटर तल सब फेला परेको महराले बताए । 
अन्यको खोजी कार्य भइरहेको उनले जानकारी दिए ।
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।