धनगढी, २४ असोज । धनगढीमा गरिएको परिक्षणमा शनिबार थप ५३ जनामा कोरोना पुष्टि भएको छ ।



पछिल्लो २४ घण्टामा ५ सय २२ जनाको कोरोना परीक्षण गरिएकोमा १९ महिला ३४ पुरुष गरी ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार संक्रमित हुनेहरुमा धनगढी उपमहानगरपालिकाका ३२ जना, गोदावरी नगरपालिकाका १ जना, बर्दगोरिया गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ६ जना, पुर्नवास नगरपालिकाका ५ जना, बेदकोट नगरपालिका २ र शुक्लाफाटा नगरपालिकाका ४ जना र दार्चुलाका १ जना रहेका छन ।

Views: 165

























