कञ्चनपुर- कञ्चनपुर देखि डडेल्धुरा जोड्ने दुई सडकको अवरोध हटेको छ । सांसद नरबहादुर धामीको पहलमा सडक निर्माणमा इआईएका कारण रोकिएको कामसुचारु हुने भएको हो ।



कञ्चनपुर क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य धामीको पहलमा बंक-नाईल- बुडर सडक र दैजी लिप्ना जोगबुडा सडकको काम सुचारु हुने भएको छ ।
सांसद धामीले वन तथा वातावरण मन्त्रालय, वन तथा भूसंरक्षण विभाग, सुदूरपश्चिम प्रदेश सरकारसँग समन्वय गरी दुवै अवरोध भएका सडकको काम सुचारु हुने भएको छ ।
सांसद धामीको सचिवालयका अनुसार दुवै सडक क्षेत्रमा पर्ने रुख विरुवा, र भोकाधिकार अब पुर्वाधार विकास कार्यालयले गर्ने भएको छ ।
प्राविधिक अवरोधका कारण रोकिएका सडक अवरोध हटाउन पहल गरेपछि भौतिक पुर्वाधार कार्यालय कञ्चनपुरका तर्फबाट कार्यालय प्रमुख धिरेन्द्र भट्ट र वन तथा भूसंरक्षण विभाग काठमाडौंका तर्फबाट उपसचिव सुजन महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । झण्डै ४ वर्षदेखिका अलपत्र निर्माणको कार्य दु्रत गतिमा अगाडी बढ्ने भएको छ ।






























