२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

भोलि बस्ने भनिएको कांग्रेसकाे केन्द्रीय समितिको बैठक स्थगित

काठमाण्डौ – नेपाली कांग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

पूर्व कोषाध्यक्ष तथा समाजसेवी रामबाबु प्रसाईंको निधनमा भोलि पार्टी केन्द्रीय कार्यालय बन्द गर्ने र केन्द्रीय कार्यसमितिको बैठक स्थगित गर्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

एकपछि अर्को समस्यासँगै केन्द्रीय समितिको बैठक नै अनिश्चित बनेको छ । असोज १५ गते नमुना संकलन भएकोमा केहि केन्द्रीय सदस्यलाई कोरोना देखिएपछि १९ गतेको बैठक स्थगित भएको थियो । त्यसपछि भोलिका लागि तोकिएको बैठक पनि पूर्व कोषाध्यक्ष प्रसाईंको निधनका कारण रोकिएको छ ।

कांग्रेसका केहि शिर्ष नेताहरु आइसोलेशनमा रहेकाले बैठक छिटै हुने सम्भावना टर्दै गएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।