धनगढीः टायर पड्केर मोटरसाईकल दुर्घटनामा हुँदा कैलालीकी पत्रकार उन्नती चौधरी सहितका दुई जना घाईते भएका छन्।



आज बिहान बर्दियाको भुरीगाउँ नजिकै मोटरसाईकल दुर्घटना हुँदा पत्रकार चौधरी र परिवार बाल गृह धनगढीकी सञ्चालिक सानु चौधरी घाईते भएका हुन्।
पत्रकार चौधरीको खुट्टामा चोट लागेको छ। अवस्था खतरा मुक्त रहेको उनले बताईन्। उनी केर्नी न्युजकी प्रकाशक तथा सम्पादक एवंम् क्रियाशिल पत्रकार महिला समूहकी पूर्व अध्यक्ष हुन्।
यस्तै परिवार बाल गृहकी सञ्चालिका सानुको टाउकोमा चोट लागेको पत्रकार चौधरीले बताईन्।
दुवै जनाको अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ।
Views: 141

























