२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

नेपाल टेलिकमको उच्च गतिको ईन्टरनेट सेवा एफटिटीएच सेवा डडेल्धुरा जिल्लामा सेवा शुरु

नेपाल टेलिकमको उच्च गतिको ईन्टरनेट सेवा एफटिटीएच(फाइबर टु द होम) सेवा डडेल्धुरा जिल्लामा सेवा शुरु भएको छ । डडेल्धुरा जिल्लामा उच्च गतिको ईन्टरनेट सेवा शुरु भएसँगै ग्राहकहरु पनि दिनहुँ बढ्न बड्न थालेको नेपाल टेलिकम दुरसंचार कार्यालय डडेल्धुराले जनाएको छ ।

एफटिटीएच सेवा अन्र्तगत एउटै केवलबाट उच्च गुणस्तरको टेलिफोन,द्रुतगतिको ईन्टरनेट सेवा प्रदान भै रहेको र केहि समयपछि टेलिभिजन समेत हेर्न मिल्ने भएको छ । भदौ पहिलो सातादेखी डडेल्धुरा जिल्ला सदरमुकाममा शुरु भएको यस सेवा २ सय १० जना ग्राहकहरुले जडान गरेको दुरसंचार कार्यालय डडेल्धुराका कार्यालय प्रमुख प्रकाशराज भट्टले बताउनुभयो । कार्यालय प्रमुख भट्टका अनुसार एफटिटीएच सेवा लिन ग्राहकहरुको संख्या बढेको छ तर कार्यालयसंग सिमित प्राविधिक कर्मचारी भएकोले दैनिक ५ देखी १० जना ग्राहकहरुकोमा जडान गर्न सकिएको छ ।

डडेल्धुरा जिल्लामा १ हजार ५ सय ग्राहकलाई एफटिटीएफ सेवा प्रदान गर्न सकिने क्षमता रहेको र जिल्ला सदरमुकाममा ५÷५ सय क्षमताका ३ वटा एफडिसी(फाईबर डिष्ट्रिब्युसन क्याबिनेट) रहेका छन् । यो सेवा ग्राहकको क्षमता अनुसार न्युनतम ८ एमबीपीएस देखी ६० एमबीपीएस सम्म प्रयोग गर्न सकिने छ । एफटिटीएफ नेट जडान गर्दा कार्यालयले राउटर र १ सय मिटर फाईबर केवल तार निशुल्क दिने गरेको छ । एक वर्षका लागि ८ एमबीपीएस प्याकको ८ हजार र २० एमबीपीएस प्याकको लागि १२ हजार रुपिँयामा सेवा लिन सकिने छ ।

एडिएसएलबाट संचालन हुने इन्टरनेट भन्दा एफटिटीएचबाट धेरै राम्रोसंग इन्टरनेट संचालन गर्न पाईएको एफटिटीएच प्रयोगकर्ता पुष्पराज जोशीले बताउनुभयो ।
सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु मध्ये डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्र र डोटी जिल्लाको सिलगढी,राजपुर र पिपल्लाबाट सेवा संचालन सुरु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।