२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

विश्वमा अझै बढ्दै कोरोना संक्रमित, बन्यो अर्को रेकर्ड

काठमाडौं । विश्वमै कोरोना भाइरसको संक्रमणको दर ह्वात्तै बढेको छ । शुक्रबार एकैदिन अहिलेसम्मकै बढी ३ लाख ५३ हजार ७०६ जना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो । बिहीबार ३ लाख ४८ हजार ६३० जना संक्रमित थपिएका थिए ।  

बुधबार ३ लाख ४३ हजार ९३२ जना संक्रमित थपिँदा ५ हजार ९०१ जनाको ज्यान गएको थियो । मंगलबार ३ लाख ७ हजार ४३८ जना संक्रमित थपिँदा ५ हजार ५६४ जनाको ज्यान गएको थियो । 

शुक्रबार ५ हजार ७४८ जनाको ज्यान गएको छ । अहिलेसम्म ३ करोड ७१ लाख  संक्रमित पुग्दा १० लाख ७२ हजार भन्दा बढीको ज्यान गइसकेको छ । 

शुक्रबार सबैभन्दा बढी भारतमा ७३ हजार १९६ जना संक्रमित थपिँदा ९२९ जनाले ज्यान गुमाए । भारतमा अहिलेसम्म ६९ लाख ७७ हजार १९६ संक्रमित पुगेका छन् । १ लाख ७ हजार ४५० जनाको ज्यान गइसकेको छ । 

अमेरिकामा ६० हजार ५५८ जना संक्रमित थपिँदा ९१० ले ज्यान गुमाए । अमेरिकामा अहिलेसम्म ७८ लाख ९४ हजार ४७८ संक्रमित पुगेका छन् । २ लाख १८ हजार ६४८ जनाको ज्यान गइसकेको छ । 

तेस्रो स्थानको ब्रजिलमा २७ हजार ६५१ संक्रमित थपिँदा ७३० जनाको ज्यान गएको छ । फ्रान्समा २० हजार ३३९ जना संक्रमित थपिँदा ६२ जनाले ज्यान गुमाए । बेलायतमा १३ हजार ८६४ जना संक्रमित थपिँदा ८७ जनाले ज्यान गुमाए । 

अर्जेन्टिनामा १५ हजार ९९ जना संक्रमित थपिँदा ५१५ जनाको ज्यान गएको छ । रुसमा १२ हजार १२६ जना संक्रमित थपिँदा २०१ जनाले ज्यान गुमाए । 

संक्रमित थपिने लिष्टमा नेपाल पनि अगाडि आइपुगेको छ । शुक्रबार २ हजार ५९ संक्रमित थपिए । बिहीबार मात्रै अहिलेसम्मकै बढी ४ हजार ३६४ जना संक्रमित थपिएका थिए । नेपालमा अहिलेसम्म ६०४ जनाको ज्यान गइसकेको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।