धनगढी, २४ असोज । धनगढीमा आज चार घण्टा विद्युत सेवा बन्द हुने भएको छ ।



नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रबाट सप्लाई हुने सम्पूर्ण क्षेत्रमा बिहान आठ बजेदेखि दिउँसो १२ बजे सम्म लाईन बन्द हुने भएको हो ।
धनगढी वितरण केन्द्रले सूचना जारी गर्दै अत्तरिया १३२ सब–स्टेशनदेखि धनगढी ३३.११ केभी सब–स्टेशन सम्म प्रशारण भएको ३३ केभी लाईनमा बुस कटिङ गरिने भएकाले सेवा बन्द हुने जनाएको छ ।
Views: 187

























