२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

गाली बेइज्जती आरोपमा पञ्चेश्वर गाउँपालिका अध्यक्षविरुद्ध मुद्दा

बैतडी, २४ असोज । बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दविरुद्ध जिल्ला अदालत बैतडीमा मुद्दा दायर भएको छ। नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका मन्त्री रमेशसिंह भण्डारीले अध्यक्ष चन्दविरुद्ध शुक्रबार गाली बेइज्जती मुद्दा दर्ता गरेका हुन्।

गाउँपालिकाबाट विभिन्न सूचना माग गर्दा अध्यक्ष चन्दले फेसबुकमार्फत गाली बेइज्जती गरेको भन्दै भण्डारीले अदालतमा मुद्दा दर्ता गरेका हुन्। जिल्ला अदालत बैतडीका श्रेष्तेदार जनकसिंह बोहराका अनुसार अदालतमा म्याद बुझाउने काम बाँकी छ।  अध्यक्ष चन्दलाई म्याद बुझाउन अदालतले कर्मचारी खटाउने र म्याद बुझेको ३६ दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने श्रेष्तेदार बोहराले जानकारी दिए।

उनले भने, ‘अध्यक्ष चन्दविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ। अब म्याद बुझाउन कर्मचारी खटाइन्छ। त्यसपछि २१ दिनभित्र र थप १५ दिन अरु गरेर ३६ दिनभित्र अध्यक्ष चन्दले अदालतमा उपस्थित हुनुपर्छ।’ सुरुमा अदालतमा उपस्थित हुने २१ दिन म्याद हुने र थप १५ दिन गरेर ३६ दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने कानुनी व्यवस्था रहेको उनको भनाइ छ।

यो विषयमा नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका मन्त्री एवं नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य रमेशसिंह भण्डारीले अध्यक्ष चन्दले गाली बेइज्जती गरेर आफ्नो मार्यादा ठेस पुर्याएको अदालतमा दायर गरेको मुद्दामा उल्लेख गरेका छन्।  

यसअघि गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले रेडक्रसका मन्त्री भण्डारीले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै जिल्ला प्रशासनमा कारबाहीका लागि निवेदन दिएका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।