२०८१ आश्विन ४ शुक्रबार
२०८१ आश्विन ४ शुक्रबार

बैतडीमा सिडिओले सुरु गरे देशभर सन्देश जाने नयाँ काम

बैतडी । बैतडीका नयाँ प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले नयाँ कामको सुरुवात गरेका छन् । उनले हरेक महिना कार्यालय प्रमुखसित हुने बैठक अघि जिल्लाका पत्रकार र कार्यालयका सूचना अधिकारी छलफल गर्ने कार्यको थालनी गरेका छन् ।

उनले कार्यालय प्रमुखसित बैठक हुने अघिल्लो दिन आइतबार स्थानीय तह र अन्य कार्यालयका सूचना अधिकारी तथा पत्रकारसित कार्यक्रम गरेका छन् । उनी जिल्लामा आएपछि पत्रकारसित पहिलो पटक परिचयात्मक कार्यक्रम गरिएको हो ।

यसलाई संचारकर्मी र सूचना अधिकारीहरुले प्रमुख जिल्ला अधिकारीको नयाँ कामको सूरुवातीको संज्ञा दिएका छन् । अहिले सम्म कार्यालय प्रमुखसंगको बैठक अघि सञ्चारकर्मी र सूचना अधिकारीसंग बैठक गरिएको थिएन् ।

कार्यक्रममा सेवाप्रदायक कार्यालयबाट जनतालाई पाउनु पर्ने सूचना र सञ्चारकर्मीले सूचना माग्नु पर्दा भोग्नु परेका समस्याको बारेमा छलफल गरिएको छ । दोस्रो बैठकबाट प्रत्येक कार्यालयका सूचना अधिकारीले एक महिनाभित्र आफ्नो कार्यालयले गरेका कामको बारेमा जानकारी दिनु निर्देशन दिएका छन् ।

बैठक गर्दा कार्यालय प्रमुखहरुलाई पनि निर्देशन गर्न सजिलो हुने र संचारकर्मीहरुको कार्यालय प्रतिको गुनासोलाई पनि कार्यालय प्रमुख संग राख्न सजिलो हुने प्रमुख जिल्ला अधिकारी जोशीले बताए । उनले प्रत्येक स्थानिय तहलाई स्थानिय भाषामा अडियो नागरिक वडापत्र राख्न समेत आग्रह गरे । अब प्रत्येक महिना यो बैठकले नियमिता समेत पाउने उनले बताए ।

जिल्लाबाट प्रकाशित वा प्रशारण हुने सूचनाहरु धेरै जसो कार्यालय प्रमुखले बाहिरी जिल्लाबाट प्रकाशित र प्रशारण गर्ने भएकाले अबका दिनमा जिल्ला स्थित स्थानिय प्रत्रिकामा प्रकाशित गर्नु पर्ने र बाहिर प्रकाशित वा प्रशारण गर्ने सूचना पनि जिल्ला स्थित प्रत्रकार एवम संचार माध्यमबाट जानु पर्ने माग नेपाल पत्रकार महासंघ बैतडीका अध्यक्ष प्रेम भाटले राखेका
थिए । यो मागलाई कार्यालय प्रमुख संग राख्ने प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

बैतडीका सिडिओ जोशी निजामती कर्मचारी प्रशासनमा स्वच्छ छविका रुपमा परिचित छन् । उनी यस अघि कञ्चनपुर निर्वाचन कार्यालय प्रमुख हुँदा जोशीले राजनीतिक दल सहित सबै सेवाग्राहीको मन जितेका थिए ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।