२०८३ भाद्र १० बुधबार
२०८३ भाद्र १० बुधबार

डाक्टर गोबिन्द केसीको समर्थनमा अत्तरियामा दवावमूलक कार्यक्रम

धनगढी : चिकित्सा शिक्षा सुधारको सहित विभिन्न ६ बुँदे माग राख्दै २४ दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा अत्तरियामा युवाहरुले प्रदर्शन गरेका छन । २४ दिन पुगिसक्दा पनि सरकारले कुनै चासो नदिएको भन्दै डा. केसीको जीवन रक्षाको माग गर्दै अत्तरियाका स्वतन्त्र युवाहरुले दबाव मुलक कार्यक्रम गरेका हुन ।

नेपाली जनताको स्वास्थ्यका लागि हाम्रो साथ डा. केसी भन्ने मुल नारा सहित बुधबार साझँ ५ बजे अत्तरिया चौराहामा दबाबमूलक कार्यक्रम गरिएको पदम राज ओझाले जानकारी दिए ।

डा. केसीले उठाएका मागहरु सही भएको र पुरा गराउन सरकारलाई दबाब आवश्यक भएको भन्दै दबाबमूलक कार्यक्रममा स्वतन्त्र युबाको बाक्लो सहभागी भएको थियो ।

२४ दिनदेखि अनसनरत् केसीको स्वास्थ्य अवस्था थप गम्भीर भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।