हामी अाफु अाफुमा लडेर केही पाउदैनाैँ
अाफु नबाचि अरुलाई बचाउन धाउदैनाैँ सुख,
समृद्ध र शान्त नेपाल बनाउन
हामी अाफैमा मिलेर अगाडि बढ्नुपर्छ ।
शत्रुसँग एउटै अावाजमा लड्नुपर्छ ।
तिमी के का लागि जन्मिएका थियौ भुलेर कर्तव्य,
हिनताबाेध भएको छ
अाज बाहिरी न्यायकाे खाेल
अाेडेर भित्री अपराधकै पक्षमा उक्लिएकाे छ
अाज म काे हाे ?
प्रश्नै प्रश्नको खानि भएपछि
मनका सपना अपुरा हुदैँ गएपछि अान्दोलन ,
बन्द हड्ताल कसको लागि अनसन, र्यालि ,
पाेष्टरहरु के काे लागि घरबाट निस्केका चेलीबेटी घर नफर्कदासम्म साथीकाेमा छन् हाेइन,
सामुहिक बलात्कार काे पिडामा !
तिमी अझै बुझ्दैनाै तिमी कसकाे लागि कराइरहेकाछाै ?
अरे राजधानी भएको ठाउँमा चाेरी, डकैती , बलात्कार , काटमार भैरहेकाछन् , तिमी नबुझे जस्तै गरिरहे छाै ।
यस्ता घटना नघटेजस्तै , तिमी किन कराइरहेछाै ?
त्यही राजधानी विषेश घटनामा हुन त तिम्रो जग्गाहरु महङ्गि हाेला,
काेठा भाडामा बढी जाला,
भाडा बढ्ला नजिकै काम हाेला,
के तिमी अहिलेसम्म तिम्रै नजिकै काम हुनपर्छ भनेका थियौ ?
अहँ , नेतालाई जनताको अान्दोलन रमाइलो मेला सरि भएको छ,
अझै विवाद चर्किदै गएको छ जनता,
जनतामा काटमार सुरु भयो अब मानवता भन्ने शब्द कता गयो अरे जनता हाे नेतालाई दाेष दिदै तिमी कुन बाटोमा हिडिरहेका छाै 1 मिनेट समय मिलाएर साेच के तिमीले गरिरहेको अान्दोलन फाइदाजनक हाे ?
तिम्रा सन्तानलाई साेध खुसी छन् कि दु:खि , तिम्रो अन्तरमनलाई पनि साेध किनकि सन्तानले सहि छ भन्ने तिमी भने अरुको बहकमा लागेर गलत गर्दैछौ ।
अब बहसमा समाधान खाेज टायर बालेर, बाटाे बन्द गरेर हुदैन त्यसैले सचेत बन् ।
शान्ति कायम अाफैले गर सरकार र नेतालाई मात्रै दाेषि नदेखाई तिमी अाफ्नाे गल्तीलाई पनि स्विकार अान्दोलनले सफलता पाइदैन झगडा गरेर हुदैन , अाफैले गर्न सक्ने काम अाफैले गर। जय देश जय युवा । – पुजा भुसाल ( प्युठान )
Views: 152





















