डडेल्धुरा – बुधबार अमरगढी नगरपालिकामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अमरगढी नगरपालिकाका नगर प्रमुख विशेश्वर प्रसाद ओझा होम क्वारेन्टाइनमा बसेका छन् ।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखलाई नै कोरोना संक्रमण भएपछि नगरपालिकाको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गठित स्थानीय निर्देशक तथा सहजीकरण समितिले अर्को सुचना जारी नभए सम्मका लागि नगरपालिका र मातहतका कार्यालयहरुबाट आकस्मिक बाहेक सेवा बाहेक सवै सेवा बन्द गर्ने गरी सिल गरेको छ ।
कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगर प्रमुख विशेश्वर प्रसाद ओझा होम क्वारेन्टिनमा बसेका छन् असोज २३ गते नगरपालिकाका सवै कर्मचारी तथा जनप्रतिनिधीहरुको स्वाब संकलन गर्ने तयारी भएको स्वाब संकलनको रिर्पोट नआँउदा सम्म सम्पुर्ण भेटघाट तथा अन्य सामाजिक कामहरु पूर्ण रुपमा बन्द गरि होम क्वारेन्टाइनमा बसेको जानकारी दिएका छन् ।
कोरोना संक्रमित व्यक्तिसंग भेटघाट भएका व्यक्ति तथा कर्मचारीहरु सबै जनाको स्वाब परीक्षण गरिने भएकोले सवैले स्वाब परीक्षण हुँदा सम्म र स्वाबको नतिजा नआउन्जेलसम्म होम क्वारेन्टाइनमा बसी सहयोग गर्नुहुन अनुरोध गर्नु भएको छ ।
Views: 155





















