२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

सक्रिय संक्रमितको संख्या २५ हजार कट्यो,फेरि हाेला त लकडाउन

धनगढी-नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर ३,४३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी पुगेको हो। बुधबार देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ।
केहि समयअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको थियो। मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको थियो।
यही असोज ७ गते स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या २५ हजार पुगेमा लकडाउन गर्न गृहमन्त्रालयलाई सिफारिस गरेको जानकारी दिएका थिए ।
त्यसका साथै मन्त्रालयले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सिफारिस गरेको थियो। तर उक्त विषयमा मन्त्रीपरिषद्ले हालसम्म कुनै निर्णय गरेको छैन। बुधबारकाे प्रेस ब्रिफिङमा समेत डा. गौतमले अब लकडाउन हुने नहुनेबारे केही जानकारी दिएका छैनन्।
खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।