लक्ष्मि जाेशि – रजस्वला एक प्रकारको किशोरीहरुमा हुने प्राकृतिक परिवर्तन हो । यो एउटा किशोरीमा हुने मासिक चक्र हो । यस्लाई एउटा किशोरी शारीरिक रूपमा परिपक्व भएको जानकारी दिने एक प्राकृतिक सङ्केत पनि हो भनिन्छ । महिनावारी हुनुलाई ठाउँ अनुसार छाउ हुनु, नछुने हुनु, पर सर्नु , महिनावारी हुनु वा रजस्वला हुनु भनेर पनि चिनिन्छ ।



रजस्वला किशोरी अवस्थााबाट शुरु हुन्छ । साधारणतया १० देखि १५ वर्षसम्मका किशोरीहरुमा रजस्वला शुरु हुन्छ भने ४५ देखि ५५ वर्षको उमेरमा रजस्वला बन्द हुन्छ । महिनावारी हुनु भनेको किशोरीमा आउने शारीरिक परिपक्वता पनि हो । रजस्वला हरेक महिना २८ दिन पछि हुने गर्छ ।
नेपाल को कतिपय ठाउँमा रजस्वाेला लाई नराम्रो दृष्टिकोण ले पनि हेरिन्छ यनकी रजस्वला भएका किशोरीले घर का पुरुष लाई छुनु हुँदैन , भान्सा कोठा मा जानु हुँदैन ,पानीको धारा छुनु हुँदैन ,मन्दिर निर जानु हुन्न , यदि यी काम हरु रजस्वला भएकी किशोरीले गरी भने उसलाई पाप लाग्छ , देउता रिसाउँछन् भन्ने एउटा नराम्रो परम्पराका रूपमा हाम्रा समाजमा हुदै आई रहेको छ ।
नेपालका कतिपय जिल्लामा अझै पनि छाउपडी प्रथा को प्रकोप निर्दोष किशोरीहरु ले भोगी रहेका छन् । नेपालका हाम्रा कतिपय जिल्लामा रज्वस्वला भएकी किशोरीलाई घरभन्दा अलि पर छुट्टै छाउपडी गोठ बनाइएको हुन्छ।
सुदुरपश्चिम पनि नेपालको एउटा यस्तो प्रदेशमा पर्दा छ जहाँ छाउ कुप्रथाका नाममा अहिले पनि किशोरीहरूले दुःख खेप्नु परीरहेको छ । रज्वस्वला भएका बेला घरदेखि पर बनाइएको बस्तु बाँध्ने गोठजस्तो पनि ओत लाग्ने भर नपर्दो ठाउँमा बसेर रात बिताउँछन् किशोरीहरु । त्यसरी बस्दा कहिले जंगली जनावर त कहिले मान्छेको आक्रमणमा पनि ज्यानै गुमाएका थुप्रै घटना दिन प्रति दिन सुनिन्छन् सुदुरपश्चिम मा।
आफ्नै घरभित्र पस्दा देउता रिसाउने डरले रजस्वला भएकी किशोरीलाई घरभन्दा निकै पर एकान्तमा बनाइएका छाउगोठमा सुत्न बाध्य बनाइन्छ ।
‘छाउ’ अर्थात् छुन नहुने अन्ध मानसिकताका कारण गोठको एकान्तवासमा ज्यानै गुमाउनु परेको छ यहाँ कति पाए किशोरीहरुले । यस्ता कुप्रथा का कारण महिला तथा किशोरीहरू शोषण तथा बलात्कारको सिकार पनि भइरहेका छन्।
। यति मात्रै होइन त्यसतो वेलामा उनीहरू दूध, दही र मोहीजस्ता पोषणयुक्त खानेकुरा खानबाट पनि वञ्चित हुने गरेका छन् । महिनावारी भएका बेला शरीर कमजोर हुने , पेट दुख्ने, ढाड दुख्ने जस्ता समस्याबाट ग्रसित हुन्छन् । त्यसैले रजस्वला भएकी किशोरी तथा महिलाले पोषिलो खाना खानुपर्छ तर बिडम्बना उनीहरुलाई केहिपनि पोसिलो खानेकुरा दिनुहुँदैन मान्यता छ । यही कारणले पनि कति किशोरीहरु धेरै नै कमजोर तथा भविष्यमा गएर विभिन्न रोगका शिकार हुन पुग्छन्।
पहिलो पल्ट रजस्वला हुँदा किशोरीले आफ्नो घरपरिवारको कुनैपनि पुरुषको मुख हेर्नु हुँदैन तथा उनीहरूसँग कुरा गर्नु हुँदैन यदि कुरा गर्यो भने उ पुरुषमाथि संकट आउँछ भन्ने मानसिकता अझैपनि सुदूरपश्चिमका धेरै ठाउँमा छ।
रजस्वलाका भएकी किशोरीलाई छुन हुँदैन छोए पाप लाग्छ , देउता रिसाउँछन् भन्नेजस्ता गलत छ धारणा अझैपनि हाम्रा वृद्ध अभिभावकहरुमा रहेको छ । उनीहरू रजस्वला भएकि किशोरीलाई पन्छाउने छुवछूत जस्तो धारणा राख्ने गर्छन् र साथै एउटा प्रथाका रुपमा अगाडि बढाउन पनि चाहन्छन् ।
युवा पुस्ता भने यस्लाई कुप्रथा हो र यस्को अन्त्य हुनु पर्छ भनेर अन्त्य गर्नका निम्ति विभिन्न अभियान चलाउँदै अाइरहेका छन् । विभिन्न जिल्लामा छाउपडी गोठ भत्काए तथा विभिन्न कार्यक्रम सञ्चालन पनि गरे तर, बिडम्बना भत्काइएका गोठ स्थानीयहरुले पुनःनिर्माण गरेर र छाउपडी जस्तो कुप्रथालाई निरन्तरता दिए। भगवान रिसाउछन् भन्ने हाम्रा बुजुर्ग को गलत धारणा भयका कारण समाजमा परम्परादेखि प्रचलित कुप्रथा तोड्ने आँट तथा विभिन्न प्रयास किशोरी , नेपाल सरकार विभिन्न एन जि अाे, अाई एन जि अाे तथा अहिले का युवा हरुले गर्दा गर्दै पनि यो कुप्रथा हटाउन सकिरहेका छैनन् ।
कतिपय ठाउँमा बिस्तारै रजस्वला लाई सामान्य रूप मा अपनाउँदै छन् भने
कतिपय क्षेत्रमा जनचेतनाको कमीका कारण , भौगोलिक विकटताका कारण यस्ता गतिविधिहरु भइरहेका हुन्छन्। एक्काइसौं शताब्दीमा आइपुग्दा पनि रजस्वला लाई एउटा प्राकृतिक र सामान्य प्रक्रिया का रूपमा नलिएर छुवाछुत जस्तो कुप्रथा का रुपमा लिइरहेका छन् ।
यसको अन्त्यका लागि कानून मात्र भएर पर्याप्त हुँदैन।
सर्वप्रथम वृद्धवृद्धाहरु लाई यो कुरा बुझाउन आवश्यक छकि रजस्वला हुनु भनेको अशुद्ध हुनु होइन । रजस्वला एउटा सामान्य प्राकृतिक प्रक्रिया हो । रजस्वला हुँदा कुनैपनि कार्य गर्दा भगवान रिसाउँदै ।
यस्ता प्रथामा सुधार र बन्देज लगाउनका साथसाथै सबैको चेतनास्तर उठाउने काम पनि प्राथमिकतामा राखिनुपर्दछ ।’ यस्ता कुप्रथामा सुधार ल्याउन शिक्षा तथा जनचेतना पनि एउटा उपयुक्त उपाय हो।
रजस्वला भएकाे समयमा पछिल्लो समयका किशाेरिहरुले प्याडकाे प्रयाेग गरेकाे पाईन्छ , तथा प्याड नभए घरमै भएकाे नरम सुतिकाे कपडा प्रयाेग गरेर सफाइ गरेकाे पाईन्छ । स्थानिय सरकारले पनि विद्यालयमा प्याड दिने व्यवस्था गरेकाे छ । पहिले रजस्वला भएकाे चार दिन पछि मात्र नुहाउने चलन थियाे भने अहिलेका किशोरीहरुले दैनिक नुहाउने सफाइ गर्ने गरेका छन् ।


















