२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

सोफिया थापाको तीज गीत, ‘अबको तीज, नो व्रत प्लिज’

काठमाडौँ। गायिका सोफिया थापाको नयाँ गीत ‘नो व्रत प्लिज’ सार्वजनिक भएको छ। आइतबार दिउँसो हाइलाइट्स नेपालको यूट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो।

गीतले तीजको बारेमा समाजमा स्थापित मूल्य मान्यतामा आधुनिकता आउनुपर्ने कुरालाई जोड दिएको छ। यस्तै गीतमा तीजका नाममा भइरहेका केही विकृतिहरुलाई ‘हुन्न’ भन्ने सन्देश छ।

गीतको रचनाकार थापा भन्छिन्, ‘यो गीतमा एउटा सन्देश छ, तीजको व्रत भन्ने बित्तिकै महिलाले पानी पनि नपिएर श्रीमानको लामाे आयुको लागि बस्छन्। त्यसले वास्तवमा आयु बढ्दैन। त्यसैले यो मानसिकताबाट माथि उठौँ, व्रतलाई ‘नो’ भनौँ भन्न खोजेकी हुँ।’ थापा भन्छिन्, ‘खुट्टाको पानी पिउने चलनले मान्छेबीचमा भेदभावको सिर्जना गर्छ।’

उनका अनुसार ‘म खुसी छु! मेरो श्रीमानको खुट्टाको पानी पिउँछु भन्ने महिलाहरु पनि छन्। तर अब आउने पुस्तालाई पनि खुट्टाको पानी पिउन सिकायौँ भने अगाडि पनि श्रीमान् र श्रीमतीबीच तह सिर्जना हुन्छ।’

यसले महिला र पुरुषबीचमा समानता नल्याउने भएकोले सुरुमा नै असमानता र परम्परागत सोचको लागि ‘नो’ भनेकाे थापाले बताइन्। त्योसँगै जोडिएका छन् गहना ‘नो’, देखावटीपनलाई ‘नो’ भनिएको हो। सोफियाका अनुसार व्रत लिन नै हुन्न भन्न खोजिएको भने पक्कै होइन। पानी नखाई बसे यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ।

गीतको शब्द सोफिया आफैले लेखेकी हुन्। सोफियाले तीजमाथि लेखेको यो पहिलो गीत हो। यो गीतमा स्वर अनि संगीत पनि सोफियाको नै छ। गीतलाई गोविन्द मधुर आचार्यले एरेञ्ज गरेका हुन्।यो गीतको भिडियो मनिष पन्थले निर्देशन गरेका छन्।

https://www.youtube.com/watch?v=Hh-iGXzC8No&feature=emb_title

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।