२०८३ मंसिर १२ शुक्रबार
२०८३ मंसिर १२ शुक्रबार

जीवनको अन्तिम संस्कार अन्त्येष्टि

धनगढी – हिन्दु परम्परामा मृतकको शव (लास )लाई नदी किनारमा जलाउने परम्परा छ।
हिन्दूहरूका निमित्त जीवनको अन्तिम संस्कार अन्त्येष्टि संस्कार हो। मृतकका नातेदारहरूले मृत्युपछिको जीवनमा मृतकलाई सुख र कल्याण होस् भन्ने भावनाले यो संस्कार सम्पन्न गर्दछन्। अन्य संस्कार जस्तै पछिका युगहरूमा यसका अनेक विधि-उपविधिहरू थपिँदै गए र यो एक स्वतन्त्र र महत्त्वपूर्ण संस्कार हुनपुग्यो।

हिन्दूहरूका निमित्त यस लोकको जीवनभन्दा परलोकको जीवन ज्यादै महत्त्वपूर्ण भएकाले अन्त्येष्टि संस्कार अनिवार्य र धेरै सावधानीपूर्वक गर्ने गरिन्छ। हिन्दू धारणामा आत्मा र शरीर अलग हुनु नै भौतिक अर्थमा मृत्यु हो। प्रत्येक मृतकको आत्मा पारिवारिक सन्तति र नातेदारहरूको मायाको कारणले आफ्नो गन्तव्य स्थानतिर नगएर घरको वरपर नै बसिरहन सक्ने र हानि पुर्‍याउन सक्ने हुनाले यस्तो स्थानसम्म पुगोस् भनेर अन्त्येष्टि संस्कार गरिन्छ। अग्नि द्वारा दाहसंस्कार गरेर मृतक आत्मालाई पवित्र बनाउनुको साथै पितृलोकतिर बिदा गरिन्छ। पितृलोकतिर प्रस्थान गर्दा कुनै पनि कुराको अभाव नहोस् भनेर खाद्यान्नहरू, कपडाहरू र मार्गदर्शनका निमित्त गाईदान गर्दछन्। प्रारम्भमा शरीरलाई जमीनमा गाड्ने वा जलाउने चलन नभएको बुझिन्छ। वैदिककालदेखि मात्र यस्तो चलन लोकप्रिय हुन थाल्यो। बालकको मृत्यु भएमा वा सन्तहरूलाई अग्निमा नराख्ने पुरानो चलन हिन्दू समाजमा अहिले पनि छ। दाहसंस्कार गरेपछि बाँकी रहेको अस्थि अवशेषलाई पुनः कुनै पात्रमा राखेर भूमिमा गाड्ने प्रलचन माध्यन्दिनीय शतपथ ब्राह्मण, श्रौतसूत्र तथा गृह्यसूत्रहरूमा उल्लेख गरेको पाइन्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।