दिपकराज भट्ट/डडेल्धुरा- जिल्लाको सदरमुकाम बाट सबै भन्दा नजिक रहेको छ भागेश्वर गाउँपालिका । गाउँपालिका साविकको रुपाल, बगरकोट , भागेश्वर गा बि स मिलेर अहिले पाँच वडामा बिभाजन गरेको छ ।
गाउँपालिकाको सदरमुकाम बगरकोट नजिकै भागेश्वर ताल (बगरकोट ताल )रहको छ । यो ताल निकै सुन्दर रहेको छ । तालभरि भराउ कमलका फुलहरु रहेका छन् । यो ताल डडेल्धुरा सदरमुकाम बाट १४ किलोमिटर दुरिमा रहेको छ ।





भागेश्वर मन्दिर (धुरा )- यो धार्मिक क्षेत्र हो । यो मन्दिर महाभारत क्षेत्रमा रहेको छ । यो मन्दिरमा बर्षमा दुई पटक मेला लाग्ने गर्छ । बगरकोट बाट करिब तीन चार घण्टा को पैलद भएर यहाँ पुग्नु सकिन्छ । यश क्षेत्रमा राति बस्नुका लागि व्यवस्थापन गरिएको छ। यहाँ बटा मनोरम डडेल्धुरा सदरमुकाम को तस्वीर , भित्रीमधेश क्षेत्रको दृश्य , भारतको दृश्य , महाभारत क्षेत्रका मनोरञ्जन दृश्य र रुपालको दृश्य हेर्न मिल्छ ।

सायल झर्ना – सायल झर्ना निकै मनोरञ्जनमय स्थानमा रहेको छ । यो झर्ना पचास मिटर अग्लो रहेको छ । पछिल्लो समयमा मिडियामा आएपछि केहिहद सम्म यसको व्यापकता बढेको छ । यहाँ भरपुर मनोरञ्जन लिन सकिन्छ ।





























