२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

सुदूरपश्चिममा थप २९ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, १९ असोज । सुदूरपश्चिममा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पताल २४ भएको कोरोना परीक्षण भएकोमा २९ जनामा संक्रमण पुष्टि भएको छ ।

सक्रमितहरु कैलालीका २२, कन्चनपुरका १, अछामका ५, डोटीका १ गरी २९ जनामा कोरोना पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ७५ जनाको कोरोना परीक्षण भएकोमा थप २३ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर १ र ३ का ५÷५ जना, वडा नम्वर ८ का २ जना, वडा नम्वर ५ र १६ का १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।

लम्की चुहा नगरपालिकाका ६ जना, गोदावरी नगरपालिकाका २ जना र कञ्चनपुरको बेलौरीका १ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनु भयो ।

यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा ५ जनामा कोरोना पुष्टि भएको छ । प्रयोशालामा परीक्षणमा गर्दा अछामका ५ र डोटीका १ जनामा कोरोना पुष्टि भएको डडेल्धुरा अस्पतालले जनाएको छ ।

योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ६ सय ६१ पुगेको छ भने संक्रमण पुष्टि भएका झण्डै ६ हजार ६ सयले कोरोना जितेका छन । कोरोना पुष्टि भएका १८ जनाको मृत्यु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।