२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

कैलालीको हरैयामा बिशेष आर्थिक क्षेत्र स्थापना हुन्छ : उद्योग मन्त्री भट्ट

धनगढी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कैलालीको हरैयामा बिशेष आर्थिक क्षेत्र स्थापना गर्ने बताएका छन । प्रेस संगठन कैलाली शाखाले धनगढीमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दैं मन्त्री भट्टले हरैयामा बिशेष आर्थिक क्षेत्र स्थापना गर्ने बताएका हुन ।

उनले सुदूरपश्चिमका विभिन्न ठाउँमा औद्योगीक क्षेत्रहरु स्थापना गर्दै लैजाने जानकारी दिए । साथै उनले धनगढी अत्तरिया कोरीडोर स्थापना गर्ने समेत बताए । “बैतडीको दोगडाकेदारमा फस्फोराइड उत्खनन्का लागि ड्रिलिङ थालिएको छ,’उनले भने,‘मलखादमा प्रयोग हुने फस्फोराइडको परीक्षण सफल भए कैलालीमा पनि उद्योग स्थापना गरिने छ ।” यसैगरी मन्त्री भट्टले बजार अनुगमन तिब्र पारिएको जानकारी दिए ।

पछिल्लो समय कालोबजारी बढ्दै गएको बताउँदै कालोबजारी जरिवाना मात्रैले नियन्त्रण नभए कैद सजाय समेत गर्ने मन्त्री भट्टले बताएका छन । उपभोक्ताहरुलाई ठग्ने व्यापारीहरुलाई कार्वाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको उनले बताए । बजार अनुगमन दशैं तिहारमा मात्रै नभएर निरन्तर चलिरहने मन्त्री भट्टको भनाई छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।