धनगढी । धनगढीमा भएको परीक्षणमा थप २३ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ७५ जनाको कोरोना परीक्षण भएकोमा २३ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीका २२ र एक जना कञ्चनपुरका रहेका छन् ।



धनगढी उप–महानगरपालिका वडा नम्वर १, ३, का पाँच / पाँच जना ५, १६ का एक / एक जना, ८ का २ जना, कैलालीका लम्कीका ६ जना, गोदावरीका दुईजना र कञ्चनपुरको बेलौरीका एक जना गरि २३ जनामा संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।

Views: 125

























