२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

थप १५५१ जना संक्रमित, २३४० जना संक्रमणमुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा १५५१ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा  १५५१ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९० हजार ८१४ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १०१७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा २३ सय ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ५४२ रहेको छ ।

देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ पुगेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।