काठमाडौं, ४ साउन । खेल वेम्बली स्टेडियममा नेपाली समयअनुसार राति १०ः४५ बजे हुनेछ । यस खेलमा विजयी हुने टोलीले उपाधिका लागि १ अगस्टमा आर्सनलको सामना गर्नेछ । आर्सनलले शनिबार राति साविकको विजेता म्यानचेस्टर सिटीलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ । वेम्वली स्टेडियममा उत्रदा दुवै टोलीको लक्ष्य फाइनल पुग्नु नै हुनेछ ।
चेल्सीले २०१८ मे यता युनाइटेडलाई हराउन सकेको छैन । त्यसयताका ६ खेलमा चेल्सीले चार खेलमा हार बेहोर्दा २ बराबरीको नतिजा निकालेको छ । त्यसैले चेल्सी युनाइटेडविरुद्ध जितो खोजीमा हुनेछ । युवा खेलाडीको बाक्लो उपस्थिति रहेको चेल्सीका लागि ओलिभर जिरुउड नै टोलीको मुख्य हतियार हुनेछ । जिरुउडलाई विलियन, क्रिस्टियन पुलिसिस, मासन माउन्ट, जर्गिन्हो, माटियो कोभासिस, मार्कोस अलन्सो र कप्तान सिजरले साथ दिनेछन् ।
यता, युनाइटेड चेल्सीसँगको अपराजित यात्रालाई कायमै राख्दै फाइन्ल पुग्ने दाँउमा हुनेछ । पछिल्लो १९ खेलमा अपराजित रहेको युनाइटेडका लागि ब्रुनो फर्नान्डेज, पल पोग्वा, मार्कुस रासफोर्ड, एन्थोनी मार्सियल, मासन ग्रीनवुड, नेमान्जा माटिस ह्यारी मिगुएर जस्ता स्टार खेलाडीको साथ रहनेछ ।
यि दुई टोलीबीचको पछिल्ला ३० खेलको नतिजा हेर्दा खेल प्रतिस्पर्धात्मक नै हुने अनुमान गर्न सकिन्छ । युनाइटेडले १२ खेलमा जित हात पार्दा चेल्सीले १० खेलमा जित निकालेको छ । ८ खेल बराबरीमा टुंगिएको छ ।