२०८३ कार्तिक १९ बुधबार
२०८३ कार्तिक १९ बुधबार

गाउँमै पहिलो पटक प्राबिधिक शिक्षा: विद्यार्थी खुसी

एकेन्द्र चन्द/ डोटी –डोटीको बडिकेदार गाउपालिका २ मा रहेको बर्छैन माध्यमिक बिधालयमा पहिलो पटक प्राबिधिक शिक्षा सिभिल इन्जिनियरिङ पढाइ हुने भएको छ ।

बडिकेदार गाउपालिकामा पहिलो पटक प्राविधिक शिक्षा सञ्चालनमा ल्याउने भएको हो ।उक्त बिद्यालयमा पूर्बाधार तथा बिद्यार्थीहरुको अबस्था, शैक्षिक गुणस्तरलाई आधारमा मानेर प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद अनुमति प्राप्त गरि यस बर्ष बाट अध्ययन अध्यापन भएको छ ।

गाउमै बिधालय प्राबिधिक बिधालय खुले पछि गाउपालिका भित्रका विभिन्न बिधालयमा अध्ययनरत पढाइमा उत्कृष्ट भए पनि आर्थिक अभाबमा दिपायल नेपालगन्ज, धनगढी गएर पढ्न नसकेर बन्चित भएका बिद्यार्थीहरुले अब आफ्नै घरमा पाकेको आटो ढुटो खायर अध्ययन गर्न पाउने बिधालयले जनाएको छ ।

दुर्गम क्षेत्रमा पनि गुणस्तरीय शिक्षा लगायत भौतिक सुबिधा सहित सस्तो सुलभ तरिकाले शिक्षा दिइने र बिगतका दिनमा आर्थिक अभाबले छट्पटीदै पढ्ने इच्छा हुदा हुदैपनी भारत लगायत अन्यमुलुकमा बिद्यार्थीहरुले जानू पर्ने बाध्यताको अन्त्य गरिने बर्छैन माध्यमिक बिधालयका प्र।अ। इन्द्र ब बमले बताए ।

बिगतमा प्राबिधिक शिक्षा पढ्नबाट बन्चित भएका विद्यार्थीहरुले अब पनि आर्थिक अभाबमा बिचमै पढाइ छोडेर भारत पस्नु पर्ने बाध्यता हुने सम्भावना रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।