२०८३ कार्तिक १९ बुधबार
२०८३ कार्तिक १९ बुधबार

डडेल्धुरा: मोटरसाइकल दुर्घटना, दुईजना घाइते, एकको अवस्था गम्भिर

 डडेल्धुरा- डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन्।

जिल्लाको  गन्याधुरा गाउँपालिका– २ स्थित गजरौँलामा भएको दुर्घटनामा परी डोटीको दिपायल सिलगढी नगरपालिका–५ का मोटरसाइकल चालक ३२ वर्षीय शंकर भुल र मोटरसाइकलमा सवार उनकी आमा ५५ वर्षीया जुनकिरी भुल घाइते भएकी हुन। घाइते मध्ये शंकरको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ। 

सोमबार अपरान्ह सु प्र प्र ०१००८ नम्बरको मोटरसाइकल डोटीबाट डडेल्धुरातर्फ आइरहेका बेला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए। मोटरसाइकल भीरबाट तल खसेको बताइएको छ। 

प्रहरी टोलीले घाइतेहरुको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइरहेको डिएसपी नेपालले बताए। दिनेश खबरबाट

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।