कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्र तीन दिनसम्मका लागि बन्द गरिएको छ ।



स्वास्थ्य केन्द्रमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि आकस्मिक बाहेकका सबै सेवा बन्द भएको बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष प्रेम राज खातीले बताए ।
स्वास्थ्य केन्द्रले आज एक सुचना मार्फत असोज २२ गतेसम्मका लागि आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
Views: 175


















