२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

आजदेखि पुनः श्रम स्वीकृति पाइने, कार्यालय जाँदा यी कुरामा ध्यान दिनुहोस्

काठमाडौँ ।  वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति सेवा आजदेखि पुनः सुरु भएको छ ।कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि गएको बुधबारदेखि श्रम स्वीकृतिसहित कार्यालयको सबै सेवा बन्द भएको थियो ।

तर भिसाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य देशमा पुग्न नसरी रोजगारी गुमाउने अवस्थामा रहेको श्रमिकको समस्यालाई ध्यानमा राखी आज सोमबारदेखि पुनः श्रम स्वीकृति र नयाँ श्रम स्वीकृति दिन थालिएको ताहाचल कार्यालयले जनाएको छ ।

कार्यालयमा जानेले भौतिक दूरीका साथै स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउनु पर्नेछ । कार्यालयमा लगाइएको गोलो चिन्हमा रहेर मात्र सेवा लिन लाइनमा बस्ने र त्यसभन्दा अघि साबुनपानीले हात धुनुपर्नेछ ।

सबै सेवाग्राहीलाई कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर सेवा लिन कार्यालयले आग्रह गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।