कञ्चनपुर- पशुपंछि प्रती उचित सम्मान मानव सभ्यताको पहिचान भन्ने मुल नाराका साथ कंचनपुरकाे शुक्लाफाँटा नगरपालिका वडानं९मा रहेका सामुदायिक पशु चाैपाया स्थलमा विश्व पशुपंछि दिवस मनाईएकाे छ।



वृद्वावन सामुदायिक छाडा पशु चाैपाया व्यवस्थापन समितिले व्यवस्थापन गरेका करिव २सय ६५ भन्दा वढि पशु चाैपायालाई पाैष्टिक आहार व्यवस्थापन गरि विश्व पशुपंछि दिवस मनाईएकाे हाे।पशुसेवा विज्ञ केन्द्र कंचनपुर र पशुपंछि मत्स्य विकास निर्देसनालय सु.प.ले पशु चाैपायाकाे लागि आहारा व्यवस्थापन गरेकाे थियाे।
पशु मानवविचकाे अन्याेआश्रित सम्बन्ध छ।तरपनि पशु अधिकारमा मान्छे चुकिरहेकाले पशु प्रती देखाउने हाम्रो व्यवहारमा परिवर्तन ल्याउनुपर्ने पशुपंछि मत्स्य विकास निर्देसनालय सु.प.का डाईरेक्टर डा.मदन सिंह धामिले वताए।
विश्व भरिनै १९७१देखिनै पशुपंछि दिवस मनाईन्छ।नेपालपनि सदस्य राष्ट्र भएका कारण याे दिवस नेपालमा पनि मनाईने गरेकाे डा.धामिले जनाए।सरकारले पशुपंछि कुषि क्षेत्रमा लगानि गरेपनि प्रतिफल सकारात्मक नआउनु दुखत रहेकाे उनले दुखेसाे गरे।
भेटनरि अस्पताल पशु सेवा विज्ञ केन्द्र कंचनपुरका डा.पान सिंह ठगुन्नाले पशुपंछि प्रती निर्दयी व्यवहार नगरियाेस,पशु कल्याणकारी कार्यमा सवैकाे ध्यानाकर्षण हाेस भन्ने भावना जागृत गरि पशु अधिकारकाे सुनिश्चितताका लागि पशुपंछि दिवस मनाईएकाे डा.ठगुन्नाले वताए।उनलेभने पशु पंछिले उपचार पाउनुपर्छ,पशु पंछिले आपनाे व्यवहार वानि प्रदर्सन गर्न पाउनुपर्छ,उचित आहार पाउनु पर्छ र उनिहरूले उचित वासस्थानकाे व्यवस्था पाउनुपर्ने पशु अधिकार भित्र पर्दछ।
सवैकाे सहयाेग सहकार्य सकारात्मक साेचवाट मान्छेमा व्यापक जनचेतना जागृत गरि पशुपंछिकाे संरक्षण सवैले जुट्नु पर्ने डा.ठगुन्नाले वताए।शुक्लाफाँटा नगरवालिका ९नं का वडा अध्यक्ष रमेश वहादुर ऐरले शुक्लाफाँटा नगरपालिका भित्र हुलिएका छाडा पशु चाैपायालाई वडाका नागरिकको सहयाेगमा व्यवस्थापन गरेकाछाै।शुरूमा केही चुनाैति रहेपनि बिस्तारै उचित व्यवस्थापन गर्दै जादा शुखि लागेकाेछ।शुरूकाे चरणदेखिनै सहयाेगि हातहरूकाे भरपुर सहयाेग प्राप्त भईरहेकाे वडा अध्यक्ष ऐरले वताए।
आज सराेकारवाला महानुभाव हरूले समेत विश्व पशुपंछि दिवसकाे अवसरमा पशु चाैपायाका लागि पाैष्टिक अाहार प्रदान गरि वहांसंगै रमाउन पाउँदा खुसी दाेगुना वढेकाे उनकाे भनाई थियोे।कार्यक्रममा ९नं वडाका जन प्रतिनिधि पशुसेवा झलारिका राम प्रसाद भट्ट,नारायण भट्ट,असी ग्राम माविका प्र.अ.भरत वहादुर ऐर स्थानिय समाजसेवी,वुद्विजिवि संचारकर्मि लगायतकाे उपस्थिति रहेकाे थियाे।


























