डडेल्धुरा – अाज किशोरी संरक्षण मञ्च डडेल्धुरा ले आईतबार सदरमुकाममा गरेको किशोरी संरक्षण र चुनौती बिषय अन्तरक्रियामा बोल्दै अमरगढी नगरपालिका का प्रमुख विश्वेश्वरप्रसाद ओझाले समाज विकृत हुनुमा हाम्राे पाेलटिक्स जिम्मेवार रहेकाे बताउनु भयाे। प्रमुख ओझाले अगाडि भन्नू भयाे, जनताले पटक पटक गरेका जन आन्दाेलन क्रान्ति काे परिणाम संबिधानमा हाम्रा सबै हक अधिकार र माग समेटिएका छन अवकाे हाम्राे अभियान अार्थिक समृद्वि हुनु पर्नेमा हाम्राे पाेलटिक्सले सहि संस्कार काे विकास गर्न सकेन। हामिले राजनितिमा समाज परिवर्तनका सवाल, बिकास र समृद्विका सवालहरु उठान गर्नु पर्नेमा सधै एक अर्को काे आलाेचना गर्ने खेदाे खन्ने जुन तरिका अपनाँयाै यस्काे प्रभावनै समाज बिकृत र राजनिति लाई हेर्ने दृष्टिकोण नकारात्मक भएकाे बताउनु भयाे।
अन्तरक्रिया कार्यक्रममा सरोकारवाला निकायका सबैले मदिराकै कारण समाजमा अपराध बढेको औल्याएका थिए । मदिरा लाई नियन्त्रण वा निषेध गर्न सके किशोरी माथि हुने बलत्कार लगायतका अपराधमा कमि आउने धारणा सबैको थियो ।
कोरोना भाईरसको संक्रमणका कारण रोजगारीका लागी भारत लगायतका अन्य मुलुकमा गएकाहरु घर फर्किएका छन । अहिले प्रायाः स्थानिय बेरोजगार बनेकाले तिनै तहका सरकारले रोजगारी सिर्जना हुने योजना र कार्यक्रम ल्याउन किशोरी संरक्षण मञ्चले आग्रह गरेको छ ।
बिद्यालयहरु पनि बन्द भएकाले सबै किशोर किशोरी घरमै बसेका छन । बेरोजगारी र बिद्यालयहरु बन्द हुदा युवाहरु कुलतमा फस्ने भएकाले सबैले सावधानि अपनाउनु पर्ने मञ्चका सदस्य कमला बिष्टले बताईन । कुलत संगै साईबर अपराधन पनि मौलाउन सक्ने भन्दै उनले यस तर्फको ध्यान जान जरुरी रहेको बताईन ।
किशोरी संरक्षण मञ्चले ग्रामिण गाउवस्तिमा सचेतना फैलाउने काम गर्ने मञ्चका अध्यक्ष देवकी जोशीले बताईन । यसका लागी सबैको साथ र सहयोग साँचो भएको उनको भनाई छ । मञ्चले गन्यापधुरा गाउपालिकामा सञ्चालन विस्तार समेत गरेको उनले बताईन । वडा वडामा सञ्जाल विस्तार गरी किशोरीको संरक्षणका लागी प्रयास गर्ने उनको भनाई छ ।
Views: 211




























