२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

१६ वर्षीया किशोरीमाथि सार्वजनिक बसमा सामूहिक बलात्कार

काठमाडौं- सार्वजनिक बसमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको साँगाचोक गढी नगरपालिका–१० घर भएका चालक २२ वर्षीय निरकुमार खड्का र सह–चालक २१ वर्षीय सूर्य श्रेष्ठ रहेको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ। 

अर्का एक व्यक्ति फरार रहेको प्रहरीले जानकारी दिएको छ। भक्तपुरको लिवालीमा रोकिराखेको बा३ख २६१२ नम्बरको बसमा चालक खड्का र सह–चालक श्रेष्ठसहित तीन जनाले जबरजस्तीकरणी गरेको किटानी जाहेरी परेको छ। 

भक्तपुरको चाँगुनारायाण नगरपालिका–८ लिवालीमा एउटा गाडीमा राखिएर आफूमाथि बलात्कार गरिएको उनले बयान दिएकी छन्। त्यसपछि युवतीलाई बा ३ ख २६१२ नम्बरको बसमा राखेर चालक खड्का र सहचालक श्रेष्ठले पटकपटक युवतीलाई जबरजस्ती करणी गरेको पाइएको भक्तपुर प्रहरीले बताएको छ। 

पीडित युवतीको जिल्ला अस्पताल, भक्तपुरमा स्वास्थ्य परीक्षण भइसकेको र फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।