२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

कैलाली र कञ्चनपुरका थप ३५ जनामा कोरोना पुष्टि

कैलाली र कञ्चनपुरका थप ३५ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ६ जनाको कोरोना परीक्षण भएकोमा थप २५ जनामा संक्रमण पुष्टि भएको हो।

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा मात्रै आईतवार २५ जना कोरोना भाईरसका नयाँ संक्रमित थपिएका छन्।  धनगढी उप–महानगरपालिका वडा नम्वर १ का ६ जना, वडा नम्वर २ का सात जना र वडा नम्वर ३ का दुई जनामा संक्रमण पुष्टि भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार धनगढी उप–महानगरपालिका ४ रर ५ का एक/एक जना, वडा नम्वर ७ का दुई जनावडा नम्वर १५ का चार जना र वडा नखुलेका एक जनामा संक्रमण पुष्टि भएको छ।

कैलालीको टीकापुरका दुई जना, गोदावरीका एक जना, कञ्चनपुरको बेदकोटका चार जना, बेलौरीका दुई जना र पुनरवासका एक जनामा संक्रमण पुष्टि भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए। 
 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।