२०८३ असार ९ मंगलवार
२०८३ असार ९ मंगलवार

सुदूरपश्चिममा छ हजार ५०१ जना संक्रमण मुक्त

धनगढी, १८ असोज । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या साढे सात हजार नाघेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार शनिबारसम्म ८५ हजार ८३० वटा नमुना जाँच गरिएकोमा सात हजार ५६४ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमण मुक्त हुनेको संख्या छ हजार ५०१ जना रहेको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । प्रदेशभर सक्रिय संक्रमितको संख्या अहिले एक हजार ५० रहेको छ । 

सामाजिक विकास मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सबैभन्दा बढी सक्रिय संक्रमित कैलालीमा पाँच सय ४० छन् ।
यस्तै डोटीमा १३६ जना, बझाङमा १११ जना, अछाममा १०८ जना, कञ्चनपुरमा ८४, बैतडीमा ३०, डडेल्धुरामा १३, दार्चुलामा ३६ सक्रिय संक्रमित छन् । बाजुरामा अहिले सक्रिय संक्रमित नरहेको विज्ञप्तिमा जनाइएको छ । शनिबारमात्रै सुदूरपश्चिममा ७५ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमध्ये कैलालीका ५२ जना, कञ्चनपुरका २० जना, बझाङ र डडेल्धुराका एक÷एक तथा अन्य प्रदेशमा घर भएर सुदूरपश्चिममा रहेका दुई जना छन् । सुदूरपश्चिममा अहिले सात सय ५३ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।