दिपकराज भट्ट/ डडेल्धुरा – डडेल्धुरामा अहिले किसानहरु लाई धान काटने , चुटने कामको चटारो परेको छ । देशमा कोरोना कहरका बिच पनि बर्ष भरि खान पुग्ने धान अहिले काट्ने र चुटने काम चलिरहेको छ ।



किसानहरु अहिले धान काटन मा र कतै धान काटेर चुट्नुमा ब्यस्त छन् । अहिले भित्राए बर्षभरि का लागि खानु पुग्छ भागेश्वर ४ का किसान निर्मल भट्टले बताउनु भयो ।

अरु बर्ष भन्दा यस बर्ष धान मा रोग देखिएको र धान उत्पादन कम हुने डडेल्धुराका किसानहरुको दुखेसो छ । डडेल्धुरा को भित्रीमधेश परशुराम श्रेत्र मा धान उत्पादन बढि हुन्छ ।
डडेल्धुराका सबै क्षेत्रमा अहिले धान काट्ने चुटने किसानहरुको चटारो








Views: 155

























