२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

कञ्चनपुरमा ४५ हजारबढी नगद सहित १२ जना जुवाडे पक्राउ

धनगढी, १७ असोज ।  कञ्चनपुरमा ४५ हजारबढी नगद सहित १२ जना जुवाडे पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० को गड्डाचौकीमा रहेको कार्की होटल एण्ड लजमा जुवा खेलिरहेको अवस्थामा ४५ हजार ६ सय नगद सहित भीमदत्त नगरपालिकाकै १२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 तीन गड्डी तास सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले जानकारी दिए।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका ११ का पदम बोहरा, पदम सिह खत्री, करण सिह सुनार, कमल गुरूङ, वडा नम्बर १० का  दिल्लीराज जोशी, गोपाल कार्की, दिपक राज जोशी,नन्दराज जोशी, नरेन्द्र सुनार रहेका छन्।

यस्तै वडा नम्बर ६ का शंकर पाण्डे र वडा नम्बर ९ का करनसिह कार्की समेत पक्राउ परेको प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।