२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

फिरौती बुझेर भाञ्जाको हत्या गर्ने १३ वर्षपछि पक्राउ

काठमाडौँ, ४ साउन । १३ वर्षपहिले आफ्नै ११ वर्षीया भाञ्जाको अपहरणपछि हत्या गरेर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत मुजफ्फरपुरका ४५ वर्षीय राजेशकुमार गुप्ता छन्।

गुप्ताले २०६४ असोज २४ गते भारत सितामणि घर भई काठमाडौं–२२ खिचापोखरी बस्ने बासुदेव गुप्ताका छोरा रोहित गुप्ताको हत्या गरेको प्रहरीले जनाएको छ।

हत्यालगत्तै फरार रहेका राजेशलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सर्लाही मलंगवा–८ बाट शनिबार पक्राउ गरेको हो।

महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार बेलुकी पाँच बजेतिर बालक वेपत्ता भएका थिए। त्यस लगत्तै अपरिचित व्यक्तिले बाबु बासुदेवलाई फोन गरी ‘तिम्रो छोरा अपहरणमा परेको छ, साढे दुई लाख फिरौती दिए मात्र छाड्छु’ भनेका थिए।

‘बालक अपहरणको मुख्य योजनाकार नै सहोदर मामा राजेश रहेको र उनैले भिजानुबाट दुई लाख रुपैयाँ फिरौती बुझेर पनि भान्जाको हत्या गरेका थिए,’ कार्कीले भने, ‘ट्याक्सीमा आएका अपरिचित व्यक्तिले फिरौती रकम लिएको भनेर भिनाजुसँग वहाना बनाएको खुलेको छ।’

फिरौती रकम बुझाएर पनि छोरा फेला नपरेपछि खोजतलास गर्ने क्रममा वालकको शव पुस २७ गते काठमाडौं–३२ कमलादीस्थित गणेश मन्दिर नजिक सडक पेटीमा प्लास्टिकको बोरामा फालेको अवस्थामा भेटिएको थियो।

गुप्ताले आफ्नै पसलमा काम गर्ने धादिङका विष्णु सुनारको संलग्नतामा बालकको हत्या गरेको खुलेको छ।

उनीहरुले जादूटुना सिकाउने वहानामा आफ्नो कोठामा लगेर बालकको हत्या गरेको प्रहरीले जनाएको छ। सुनार भने घटनाको दुई महिनापछि पक्राउ परेका थिए। उनी हाल कारागारमै छन्।

राजेश सुरुमा भाञ्जा हराएको भन्दै आफन्तसँगै खबर गर्न प्रहरीमा समेत पुगेका थिए र खोजी गरेको बाहनासमेत गरेका थिए। पछि उनैमाथि प्रहरीले शंका गरेपछि फरार भएका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।