२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

सिगासमा आफन्त भर्ना गर्न यस्तो हत्कन्डाः ‘प्रश्नपत्रमा संकेत चिन्ह, मूल्यांकनकर्ता आफू अनुकुल’

कञ्चनपुर– बैतडीको सिगास गाउँपालिकामा आफन्तलाई भर्ना गर्न परीक्षानै गलत ढंगले गरिएको छ। गाउँपालिकाका अध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतका नातेदार भर्ना गर्न प्रश्नपत्रमा संकेत राख्नेदेखि मुल्यांकनकर्ता समेत आफु अनुकुलको राखेको पाइएको हो।

गाउँपालिकाको प्राविधिक सहायकमा सुरेन्द्र धामी र रोजगार संयोजकमा राजेन्द्र धामी छनौट भएका छन्। उनीहरु दुवैजना गाउँपालिका अध्यक्ष हरिसिंह धामीका आफन्त हुन्। उनीहरु निमित्त प्रमुख प्रशासकिय अधिकृत टिकासिंह धामीका पनि आफन्त पर्छन। सुरेन्द्र गाउँपालिकामा करारमा सव ओभरसियरमा कार्यरत थिए। सव ओभरसियरमा भर्ना गर्दा पनि गाउँपालिकाले कुनै विज्ञापन वा परीक्षा समेत नगरेरै राखेको स्थानीय बताउछन्।

‘गाउँपालिकाका अध्यक्ष र प्रशासकीय अधिकृतले आफन्त भर्ना गर्न अनेक हत्कन्डा अपनाए,’ प्राविधिक सहायकको छनौटका लागि आवेदन दिएका सिगासकै महेश चन्दले भने, ‘टिक लगाउने प्रश्नहरु सहि उत्तर थाहा पाउने गरि निर्माण गरिएको छ।’

उनका अनुसार बहुवैकल्पिक प्रश्नपत्रमा सहि अन्य विकल्पहरु गाढा अक्षरमा लेखिएको छ भने सहि उत्तर फिका अक्षरमा लेखिएको छ। उनका अनुसार प्राविधिक सहायकका लागि ६ जनाले आवेदन दिएपनि ४ जनाले मात्रै परीक्षा दिएका थिए। प्राविधिक सहायक र रोजगार संयोजक छनौटका लागि असोज १२ गते परीक्षा गरिएको थियो। परीक्षा केन्द्र गाउँपालिकाको वडा नं. २ को कार्यालयमा तोकिएपनि अन्तिम अवस्थामा गाजरी स्वास्थ्य चौकीमा गरिएको थियो।

‘छैठौ तहको कर्मचारी छनौटका लागि पाँचौ तहकोलाई विज्ञका रुपमा राखिएको छ,’ एक स्थानीयले भने। छनौट समितिको संयोजक निमित्त प्रशासकिय अधिकृत धामी हुन्। उनी पाँचौ तहका कर्मचारी हुन्। रोजगार संयोजकको छनौटमा त ७ जना परीक्षार्थीले परीक्षानै बहिष्कार गरेका छन्। उनीहरुले छनौट समितिको सदस्य र परीक्षार्थी एकै घरका भएको र छनौट समितिको संयोजक कुनै राजनीतिक दलको व्यक्ति भएका कारण परीक्षाको निष्पक्षता र विश्वसनियतामा प्रश्न उठाउँदै सहभागी नहुने भन्दै पत्र लेखेका थिए।

छनौट समितिका संयोजक निमित्त प्रशासकिय अधिकृत धामी छनौट भएका दुवै उम्मेद्वारका नातेदार हुन्। उक्त पदमा १० जनाले आवेदन दिएपनि अन्तिममा ३ जनाले मात्रै परीक्षा दिएका थिए। अमरसिंह धामी, पदम बहादुर रोकाया, दीपेन्द्र बहादुर चन्द, अर्जुनसिंह ऐर, सुबास बहादुर चन्द, राम सिंह साउँद र राजेन्द्र सिंह धामीले परीक्षा बहिस्कार गरेका थिए।

उनीहरुले गाउँपालिकाको कार्यालयसँगै जिल्ला प्रशासन कार्यालय बैतडी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र आन्तरिक रोजगार व्यवस्थापन महाशाखामा समेत बोधार्थ दिएका छन्। सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले परीक्षा निष्पक्ष र मर्यादित ढंगले भएको दाबी गरेका छन्। उनले गाउँपालिकाको कार्यपालिका वैठकले निर्णय गरेर छनौट समिति गठन गरेको र उक्त समितिले नै परीक्षा गरेको बताए। ‘कार्यपालिकाले बोर्ड गठन गरेको छ, बोर्डले नै कर्मचारी छनौट गरेको हो,’ उनले भने, ‘परीक्षामा कहिँकतै धाधली भएको छैन, सबै हेर्दा हुन्छ।’ कर्मचारी छनौटमा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिएको महेश चन्दले बताए। उनले जिल्ला प्रशासन कार्यलयमा समेत यसबारे जानकारी गराएको बताए। स्रोत : टेक सिहं धामी

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।