नेपाली गित संगितमा छोटो समयमै राम्रो चर्चा बटुल्न सफल पछिल्लो युवा पुस्ताका चर्चित लोकपप गायक चेतन बोहराको दशै बिषेश मार्मिक गित ‘फुलको माला’ सार्वजनिक भएको छ । बर्षा भण्डाराको उत्कृष्ट शब्दमा तयार पारिएको सो गितमा गायक चेतन बोहरासंगै मेलिना मैनालीको स्बर रहेको छ ।



चेतन बोहरा युटुब च्यालनवाट सार्वजनिक भएको गितको म्युजिक भिडियो पनि निकै मार्मिक रहेको छ । नेपालीको महान चार्ड बिजया दशमी नजिकिदै गर्दा घर परिवारवाट रोगजारीका लागि टाढा रहेको र घर फर्किन नपाउदाँको पिडालाई समेटेर गित तयार परिएको गायक बोहराले बताए ।
उक्त गितको म्युजिक भिडियोमा गायक बोहरा आफैले अभिनय गरेका छन् भने उनलाई बर्षा भण्डाराले साथ दिएका छन् ।
हिमसागर बमले सम्पादन गरेको म्युजिक भिडियोको छायाँकन राम केसीले गरेका हुन् । गायक बोहराले केही समय अगाडी काफल गेडी बोलको गित बजारमा ल्याएका थिए । यस अघि बजारमा ल्याएका उनका थुप्रै गितहरु अहिले पनि चर्चामा रहेका छन् । जुन गित चेतना बोहरा युटुब च्यानल मार्फत हेर्न सकिन्छ ।

























