बिनोद धामी/कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकाका विभिन्न वडाहरुमा १५ बर्ष पछि फेरी तिन दिन देखि जंगली हातिको बथानले आतंक मच्चाउन थालेको छ।



१३ गते राती लालझाडी गाउपालिका ५ मा रहेको अपि सामुदायिक वनमा गरेको क्षेती लगतै १८ हात्तिले कृष्णपुर प्रबेश गरि १४ गते वडा न।४ किचाई र वडा न१ निगाली ,बन्डमा करिब ५÷६ बिघा खेतको धान बाली नस्ट गर्नुका साथै केरा खेतिमा समेत नोक्सानी पुगाएको हो ।
हातिको बथानले विहिवार राति पुनः वडा न।१ हनुमान टोलमा रमेश बुढा,राम साउद र चक्र धामी रबिन्द्र साउदको करिब डेर बिघा धानबाली तथा बण्ड बैजनाथ टोलमा धन बहादुर बोहरा र मोहन बोहराको करिब दुई बिघा धान खेती नस्ट गरेको छ ।

जंगली हाती करिब चौध पन्द्र बर्ष पछि मात्रै कृष्णपुरको सिस्ने सिमसार क्षेत्रबाट आएको विशाल सा.व.निगालीका अध्यक्ष बिक्रम बहादुर थापा बताए । उनले भने जंगली हातीले धानबाली र घरमा लगाएको केरामा क्षेती गरेपनी अन्य कुनै अपृय घट्ना नगरेको जनाए । समयमै सम्बन्धित निकायको ध्यान नगए धान बाली सकिए पछि घर तथा धन जनको क्षेती गर्न सक्ने सम्भावना रहेकाले स्थानीय बासी हामी त्रसित भएको सा.व.का अध्यक्ष थापा बताए ।
अहिले जंगली हातीले कृष्णपुर–१ मा दिन प्रतिदिन क्षेती बढाउदै गएको तथा स्थानियहरुलाई हातीको आतंकबाट जोगाउन बिभिन्न प्रयास भैरहेको भए पनी हाती धपाउने उपकरण नहुदाँ समस्या भएको कृष्णपुर–१ का वडा अध्यक्ष मोहन बहादुर बस्नेतले जानकारी दिएका छन् । १०–११ बजे देखि २–३ बजे सम्म हाती आउने गरेकोले स्थानिय रातभरि आगो बालेर जग्रामा बस्ने गरेको बताए ।
उनले भने,के कति क्षेती भएको हो,त्यसको विबरण संकलन गरी नगरपालिकाका संग राहतका लागी कार्य भैरहेको वडा अध्यक्ष बस्नेतले बताएका छन् । अझै जंगली हातिको बथान जङ्गल मै रहेकोले सबैलाई सचेत हुन आग्रह गर्नुभएको छ ।
जंगली हातीले गर्दा विभिन्न समस्या भैरहेको कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले बताए । जंगली हातीको आतंक कसरी कम गर्ने तथा स्थानियको खेतबालीमा भएको क्षती ध्यान दिएर कोष तयार पारेको र क्षेती भएको परिवारलाई रातह उपलब्ध गराउने नगर प्रमुख हमालले बताएका छन् ।

























