कंचनपुरमा धान थ्रेसिङ गर्ने थ्रेसरमा परेर एक महिलाको मृत्यु भएको छ । आज बिहान ७ बजेतिर कृष्णपुर नगरपालिका वडा नं ७ कलुवापुरमा थान थ्रेसिङ गर्ने क्रममा चलिरहेको थ्रेसरमा परेर आन्दाजी ४५ बर्षिय लक्ष्मी साउँदको मृत्यु भएको हो ।



काटेर ठिक्क पारेको धान मेसिन मार्फत थ्रेसिङ गरिररहेको बेला मेसिनको पट्टामा कपाल परेपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
सोधपुछका लागि ट्याक्टर धनी समेत रहेका चालक गणेश रानालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रबक्ता डिएसपी अमर बहादुर थापाले जानकारी दिए ।
Views: 233




















