२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

डा. गोविन्द केसीलाई अनसन फिर्ता लिन सरकारद्धारा आग्रह

काठमाडौं। सरकारले डा. गोविन्द केसीलाई अनसन फिर्ता लिन आग्रह गरेको छ । देश अहिले कोरोनाविरुद्धको लडाईंमा रहेको भन्दै सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अनसन फिर्ता लिन आग्रह गरेका हुन्।

‘असामान्य अवस्थामा अनसन बेला सुहाउँदो होइन कि ?’ आज मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भने, ‘अहिले कोरोनाविरुद्ध लडौं, केही विषय भए पछि छलफल गर्न सकिन्छ ।’ देश असामान्य अवस्थामा रहादा अनसन गर्न उपयुक्त बेला नभएको समेत बताए ।

डा. केसीसँग भएका सम्झौता अनुसार सरकारले धमाधम काम गरिरहेको भन्दै कोरोनाविरुद्ध लडाईंमा साथ दिन आग्रह गरे । उनले जायज माग पूरा गर्ने र कार्यान्वयनमा समेत जान सरकार सधै जिम्मेवार बन्दै आएको दाबी गरे ।

चिकित्सा क्षेत्रको सुधारको माग राखी डा. गोविन्द केसी १९ औं पटकको अनसनमा छन् । कर्णालीमा पुगेर अनसन बसेका उनलाई काठमाडौं ल्याइएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।