२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

दसैंलाई लक्षित गरि उपत्यकामा ५० हजार खसीबोका ल्याइने

काठमाडौं, १६ असोज । आउँदो दसैंलाई लक्षित गरेर उपत्यकामा ५० हजार खसीबोका र च्याङ्ग्रा भित्र्याइने भएको छ । दसैंमा खसीबोकाको माग उच्च हुने भएकाले सोही अनुसार व्यवसायीले भित्र्याउने तयारी गरेका हुन् । यो वर्ष ५० हजार संख्यामा खसीबोका भित्र्याउन लागिएको हो । खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड र निजी व्यवसायीले दसैंलाई लक्षित गरेर उपत्यकामा खसीबोका भित्र्याउन लागेका हुन् ।

दसैंमा सवैले अनिवार्य रूपमा मासु खाने भएकाले अन्य समयको तुलनामा खसीबोका खपत धेरै हुने गर्छ । यो वर्ष पनि दसैंमा उपत्यका ५० हजार खसीबोका खपत हुने व्यवसायीले अनुमान गरेका हुन् । दसैंलाई लक्षित गरेर निजी व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गर्न सुरु गरिसकेका छन् । अहिलेदेखि नै बजारमा खसीबोका भित्रिने क्रम बढ्दै गएको व्यवसायीको भनाइ छ । कोरोनाको संक्रमण बढ्दै गए पनि उपत्यकामा खसीबोकाको खपत भने नघटेको व्यवसायीको भनाइ छ । दसैंमा उपत्यकामा ५० हजार खसीबोका र च्याङ्ग्रा भित्रिने अनुमान गरिएको व्यवसायी दिपक थापाले जानकारी दिए ।

स्थानीय उत्पादनले माग धान्न नसकेपछि छिमेकी मुलुक भारत र चाइनाबाट खसीबोका आउने उनले जानकारी दिए । अहिले दैनिक एक हजारको संख्यामा खसीबोका भित्रिने गरेका छन् ” उनले भने, “घटस्थापना सुरु भएपछि ठूलो संख्यामा उपत्यकामा भित्रिन्छन् ।” यो वर्ष अघिल्लो वर्षको तुलनामा प्रतिकेजी २० देखि ३० रुपैयाँ मूल्य बढ्न गएको उनको भनाइ छ ।

लकडाउनदेखि नै उपत्यकामा नियमितरूपमा खसीबोका आयात भइरहेको व्यवसायीको भनाइ छ । व्यवसायीका अनुसार गत वर्ष जिउँदो प्रतिकेजी ५६० देखि ५७० रुपैयाँ रहेको खसीबोकाको मूल्य बढेर ६ सय रुपैयाँ पुगेको छ । स्थानीय उत्पादनले माग धान्न व्यवसायीले भारतबाट खसीबोका ल्याउने गरेका छन् । कारोबारबाट

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।