२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

महिलाहरुलाइ समान स्थान दिनु पर्ने भदै राप्रपा केन्द्रिय समितीलाई ज्ञापन पत्र

काठमाडौं- महिलाहरुलाइ पाटीमा समान स्थान दिनु पर्ने भन्दै राप्रपा नेपालमा आवद्ध महिलाहरुले राप्रपा नेपालको केन्द्रीय समितिलाई ज्ञापन पत्र बुझाएको छ राष्ट्रिय प्रजातन्त्र पार्टी फरक धार र फरक बिचारलाई अवलम्बन गर्दै सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र संबैधानिक राजसंस्था, अखण्ड नेपाल र निरन्तरता सहितको परिबर्तनको सिद्धान्त बोकेको राष्ट्रवादी पार्टी हो । एक रथको दुई पाङ्ग्रा झै जनसंख्याको हिसाबले पनि हामी महिलाको संख्या आधा रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
मनुस्मृतिमा भनिएको पनि छ जहाँ नारी सम्मानित हुन्छन त्यहाँ देवता पनि प्रसन्न हुन्छन । जगतजननी माता सीता, आदर्श नेपाली चेली भृकुटि, राजमाता राजेन्द्रलक्ष्मी अादि मातृशक्तिले गौरवमय एेतिहासिक भूमिका निर्वाह गरेको र हालैको राष्ट्रिय परिप्रेक्ष्यमा समेत अन्य दलबाट राष्ट्रपति, सभामुख र अन्य महत्वपुर्ण भुमिका समेत प्रदान गरिएको छ । सनातन धर्म संस्कृति मान्ने हाम्रो दलमा महिलाहरु अपहेलित र न्युनप्रतिनिधित्व नहोस भनि नेतृत्ववर्गको ध्यानाकर्षण ज्ञापन पत्रमा भनियको छ ज्ञापन पत्र सहित
ज्ञापन पत्र
श्रीमान अध्यक्ष ज्यु राप्रपा केन्द्रिय कार्यलय चाबहिल, काठमाडौं
बिषय: ध्यानाकर्षण सम्बन्धमा !
सम्माननीय अध्यक्ष ज्यू ! राप्रपाका शुभच्छुक र कार्यकर्ताको मनोभावना, देशको आवस्यकता अनुरुप ढिलै भएपनि पार्टी एकता गर्न सफल हुनुभएकोमा हार्दिक बधाई टक्र्याउन चाहन्छौ । राष्ट्रिय प्रजातन्त्र पार्टी फरक धार र फरक बिचारलाई अवलम्बन गर्दै सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र संबैधानिक राजसंस्था, अखण्ड नेपाल र निरन्तरता सहितको परिबर्तनको सिद्धान्त बोकेको राष्ट्रवादी पार्टी हो । एक रथको दुई पाङ्ग्रा झै जनसंख्याको हिसाबले पनि हामी महिलाको संख्या आधा रहेको छ ।
मनुस्मृतिमा भनिएको पनि छ जहाँ नारी सम्मानित हुन्छन त्यहाँ देवता पनि प्रसन्न हुन्छन । जगतजननी माता सीता, आदर्श नेपाली चेली भृकुटि, राजमाता राजेन्द्रलक्ष्मी अादि मातृशक्तिले गौरवमय एेतिहासिक भूमिका निर्वाह गरेको र हालैको राष्ट्रिय परिप्रेक्ष्यमा समेत अन्य दलबाट राष्ट्रपति, सभामुख र अन्य महत्वपुर्ण भुमिका समेत प्रदान गरिएको छ । सनातन धर्म संस्कृति मान्ने हाम्रो दलमा महिलाहरु अपहेलित र न्युनप्रतिनिधित्व नहोस भनि नेतृत्ववर्गको ध्यानाकर्षण गर्न चाहन्छौ ।
अन्य दल वा संस्थामा जस्तै राप्रपामा पनि महिलाहरुलाइ समान जिम्मेवारी र अधिकार दिए पार्टी विस्तारमा अभिवृद्धि गर्न सघाउ नै पुग्छ भन्ने हाम्रो विश्वास रहेको छ । घर परिवार र समाजमा जस्तै अहं भुमिका हाम्रो जस्तो उदारवादी दलमा महिला नेता कार्यकर्ता उपर ज़िम्मेवारी दिइएमा धैर्यता, लगनशिलता र सकृयतापूर्वक कर्तव्य निर्वाह गर्न हामी दृढ़ संकल्पित पनि छौ । नेपालको संविधान २०७२ ले पनि ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने ब्यबस्था गरिएको छ ।यस्तो अबस्थामा राप्रपा जस्तो प्रजातान्त्रिक पद्धतिको पार्टीमा अत्यन्तै न्युन संख्यामा महिला हरुको उपस्थित रहनु आफैमा दु:खद विषय हो ।
आज मुलुकले बलियो राष्ट्रवादी तथा बैकल्पिक प्रजातान्त्रिक शक्तिको आवस्यकता महशुस गरेको छ। त्यो आवस्यकता अनुरुप दुई पार्टीको एकताले पूर्णता पाउदा तमाम राप्रपाका कार्यकर्ता र शुभेच्छुक समर्थकहरुको मनोभावना उत्साहित भएको अवस्थामा यसै अनुरुप आगामी दिनमा पार्टीलाई थप बलियो र शक्तिशाली राष्ट्रिय पार्टीको रूपमा स्थापित गराउनको लागि पनि महिलाको सहभागिता बढाउनु वांछनिय नै देखिन्छ । पार्टी विधि र पद्धति अनुरुप चल्नुपर्छ भन्ने मान्यता राख्नु हुने अध्यक्ष ज्यु हरुमा के पनि ध्यानाकर्षण गराउन चाहन्छौ भने पछिल्लो चरणमा पार्टीमा देखिएको बेथिति, तदर्थवाद, अविवेकी र अप्रजातान्त्रिक पद्धतिबाट गरिने नियुक्ति र मनोनयनले महिला, बुद्धिजीवी, युवा र तमाम पार्टीको नेता कार्यकर्ताको मनोभावनामा ठेस पुगेको छ।पार्टीमा जातिय, वर्गीय, भौगोलिक प्रतिनिधित्व, योग्यता क्षमता र बरियता जस्ता समाबेसी पक्षबाट मुल्यांकन र ज़िम्मेवारी प्रदान नभएको भन्ने राप्रपाका महिला नेतृहरुको गुनासो र असन्तुष्टी रहेको छ ।पार्टीका नेताज्युहरुले राम्रोलाई नभई हाम्रोलाइ अनि एउटै ब्यक्तिलाई धेरै पद थमाउने अप्रजातान्त्रिक कार्यहरु पटक पटक दोहोरीयको हुदा अागामी दिनमा समावेशीतालाई अङ्गिकार गर्दै आगामी दिनमा पार्टी सुसंचालन होस भन्ने हाम्रो माग रहेको छ साथै पार्टीमा एक ब्यक्ति एक पद लागू नभइ केहि ब्यक्ति मात्र हावी हुँदा पार्टी परित्याग र पलायनको क्रम रोकिएको छैन ।
वरियता ,योग्यता, अनुभव, त्याग र क्षमताको आधारमा सहि ब्यक्तिलाई सहि जिम्मेवारी दिएर संगठन बिस्तारमा नखटाउने हो भने पार्टीको आगामी निर्वाचनहरुमा पनि २०७४ को जस्तै नियति दोहोरिन सक्छ । पार्टीको आदर्श नीति र सिद्धान्तलाई स्थापित गर्न विविध अभियान र कार्यक्रमहरुलाई व्यवहारमा चाँडै लागू गर्नुपर्ने आबश्यकता रहेको छ । पार्टी र संगठनलाई बलियो बनाउनुभन्दा पनि आफू बलियो हुन गुट र उपगुटको राजनीति गर्ने अनि आफ्नो गुट बलियो बनाउन योग्यता क्षमता बिनाको ब्यक्तिहरुलाइ केन्द्रमा पद थमाउने जस्तो अशोभनीय तवरबाट संचालन हुने प्रक्रियाको अन्त्य गर्दै मुलुकको बलियो प्रजातान्त्रिक शक्तिको रुपमा पार्टीलाइ स्थापित गर्नुपर्नेमा ध्यानाकर्षण गराउनको लागि हामीले यो ज्ञापनपत्र बुझाएका छौ ।
हाम्रो मागहरु तपसिल रहेको छन:
१ . पार्टीको केन्द्रदेखी स्थानीय तह सम्मका पार्टी र संगठनका कार्यसमिति, कार्यसम्पादन , विभाग र पदाधिकारी सबैमा संबैधानिक ब्यबस्था अनुसार ३३% महिला सहभागिता पार्टी बिधानमै ब्यबस्था गरी त्यसलाई इमानदारीपुर्बक पालना गरियोस् ।
२. स्थानीय अधिवेशन र महाधिवेशन प्रतिनिधिको चयन हुँदा सबै प्रदेश, जिल्ला ,क्षेत्र र नगरपालिकाहरु बाट ३३ % महिला अनिबार्य सहभागिता ब्यबस्था गरियोस् ।
३. महिला सशक्तीकरणको लागि पार्टीले ७७ जिल्लामा विशेष प्रशिक्षणको ब्यबस्था गर्दै मङ्सिर देखि फागुन सम्म सम्पन्न
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।