डडेल्धुरा – नेपाल विधार्थी संघ जिल्ला सदस्य एंव नेपाली कांग्रेस प्रेमी नेता हरू द्वारा अमरगढि नगरपालिका ११ सल्लाघारीमा बलात्कार पछि हत्या गरिएकि सम्झना कामीको आत्मा चिर शान्ति को कामना गर्दै आज दिप प्रज्वलन कार्यक्रम गरेका छन् । ने वि संघ का जिल्ला सदस्य तथा नेपालि कांग्रेस का सदस्य करन बोहोरा ज्यु ले आफना भनाइ राख्दै भने उक्त उपस्थिती भई कार्यक्रम सभ्य तरिकाले सम्पन्न गरीदिएको मा सम्पूर्ण उपस्थित दाजू तथा भाई हरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछू साथै महिला माथि भइरहेका नकारात्मक सोच को अन्त गर्न युवा एक हुनु जरुरि छ र बलात्कारी लाई कडाभन्दा कडा सजाई को माग राखदै । नेता बोहोराले भने उक्त घटनाको निश्पक्ष छानबिन नभए हामि रोडमा आउन पछि हट्ने छैनाै ।



Views: 169

























