२०८३ बैशाख २८ सोमबार
२०८३ बैशाख २८ सोमबार

करेन्टले दुबै हात गुमेका बालकको कृतिम हात जोड्न सहयोगको याचन

डाेटि – डोटी एक बर्ष अघि करेन्ट लागेर दुबै हात गुमाएका बालकलाई आर्थिक अभावमा उपचारमा समस्या भएको भन्दै अविभाावले सहयोगको याचना गरेको छन
करेन्ट लागेर दुबै हात गुमाएका डोटीको शिखर नगरपालिका –१० वानेडुग्रिशैनका १३ वर्षीय वालक सतीस ठगुन्नाको आर्थिक अभावमा उपचार हुन नसकेको हो अहिलेसम्म झण्डै ७ लाख खर्च गरिसके पनि दवै हात गुमाउनु परेको छ । कृतिम हात जोड्न अझै ६० देखि ८० लाख जति खर्च लाग्ने भएपछि आर्थिक सहयोग गरिदिन उनले अपिलसमेत गरेका छन्।
सतीसलाई २०७६ साल कार्तिक १६ गते करेन्ट लागेर दुबै हात जलेको थियो। शिखर नगर पालिकाको -३ वानेडुग्रिशैनमा राजेन्द्र निर्माण सेवाको सेती नदीमा निर्माणाधिन भइरहेकोे पुलका लागि रखिएको विधुत ट्रान्समिटर नजिक करेन्ट लागेर दुबै हात जलेको उनका आफन्तको भनाइ छ।

उनको काठमाडौंको कीर्तिपुर अस्पतालमा एक महिना उपचार गरिएको थियो । उपचारकै क्रममा करेन्ट लागेका दुई वटै हात काट्नु पर्ने अबस्था आएपछि दुबै हात हाल्न अस्पतालले ठुलो धन राशि खर्च हुने भने पछि निराश भएर घर फर्किएका छन

बिस्नाका पति योगेन्द्र ठगुन्ना रोजगारीका लागी भारत गएको ८ बर्ष भएको । अहिलेसम्म सम्म ऊनी सम्पर्क बिहिन छन् । जेठो सन्तान हुन । दुई छोराको लालनपालनको जिम्मा पनि उनकै काँधमा छ। अहिले उनी छाक टार्न र छोराको दुबै हात जोड्ने झिनो आस लिएर गिट्टी कुट्ने, मजदुरी लगायतका काम गरि रहेको बताउछिन् । पति सम्पर्क बिहिन भएको ८ बर्ष भयो अझै सम्म पनि पत्ता लागेको छैन निन्याउरो मुद्रामा आफ्नो पिडा सुनाउदै उनले रुदै भनिन् – छोराको पढाइ राम्रो थियो, दुवै हात गुमाउदा सवै सपना चकनाचुर भएको उनले वताइन । म निराश हुदा भोलि ठुलो मान्छे बनेर केही गर्छु आमा भनेर सम्झाउथ्यो। आज सतीशको दुबै हात गुमाएको देख्दा मलाई भगवानले पनि ठुलो पिडा दिएको आमा बिस्ना देबि ठगुन्नाले बताउनु भयो

उपचारमा राजेन्द्र निर्माण सेवाले सात लाख , शिखर नगरपालिकाले काठमाडौ सम्मको यातायात खर्च सहयोग गरेर उनको ज्यान त जोगियो तर बाबु संगै मेरो सपना अधुरो रहेको उनको भनाइ छ म हुन्जेत त सतिसलाई खाना खुवाउन, दिसापिसाब गर्न, सरफाई गर्न सहयोग गरौंला । म मरे भने भोलि यति पनि कोले गर्ला भन्दै गह भरी आँसु निकाल्दै चिन्ता व्यक्त गरिन

सतिस सिद्धेश्वर आधारभुत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए । दुबै हात गुमेका कारण उनी लामो समयदेखि विद्यालय जान सकेका छैनन् । सतीस भन्छन् ,´मेरो हात जोडिएको भए म बाचेको पनि सार्थक हुने थियोे । कृतिमा हात जोड्नको लागि सहयोग गरि दिन सबैमा सतीसले अपिल गरे

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।