धनगढी । कैलालीको गोदावरी नगरपालिका ५ गेटामा रहेका ४ ओटा पसलमा आगलागि भएको छ । आगलागिबाट गेटा आँखा अस्पताल अगाडी रहेका ४ ओटा पसल जलेर नष्ट भएका छन।



बिद्युत सर्ट भई भएको आगलागिबाट १ होटल र ३ ओटा किराना पसल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । आगलागिमा परी केसब बोहराको चिया नास्ता पसल, जगदिश चौधरी, रमेश चौधरी र सिब चरण रानाको किराना पसल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी ज्ञान बहादुर बिष्टले बताए । उनका अनुसार आगलागिबाट करिब साढे तिन लाख बराबरको क्षती भएको छ ।
बिहान साढे ३ बजे सल्किएको आगो गोदावरी नगरपालिकाको दमकल र गेटामा रहेको प्रहरी बिटबाट खटिएको प्रहरीको टोलिले नियन्त्रणमा लिएको वडा नम्बर ५ का वडा अध्यक्ष कर्ण सिह बोहराले बताएका छन ।
Views: 196

























