डडेल्धुरा । कस्या टाकुरोको संरक्षण एवं सम्बर्दनका लागी पहिलो पटक टेण्डर प्रक्रिया बाट काम शुरु भएको छ । जिल्ला सदरमुकाम नजिकै अमरगढी नगरपालिका–७ मा रहेको कस्या टाकुरो लाई प्राकृति दृष्यवलोकनका लागी उड्यान बनाउन थालिएको छ ।
७० लाखको टेण्डर ४१ प्रतिशत बेलोमा ठेक्का लागी काम भई रहेको अमरगढी नगरपालिकाले जनाएको छ ।




कस्या लाई प्राचिन, धार्मिक तथा ऐतिहांसिक डाँडोका रुपमा लिईन्छ । बर्षाै देखि धार्मिक एवं प्राकृतिक दृष्यावलोकनका लागी डडेल्धुराकै सबै भन्दा अग्लो डाँडा मध्येको एक कस्या टाकुरो लाई मानिन्छ ।
सदरमुकाम भन्दा १२ किलो मिटर उत्तर तर्फ महाकाली राजमार्ग संगै जोडिएको कस्या डाँडोलाई धार्मिक एवं दृष्यावलोकन र बनभोज स्थलका रुपमा बिकसित गर्न थालिएको हो ।
यस अघि डाँडोको टुप्पो सम्म पुग्ने पैदल बाटो निर्माण गरिएको थियो । अहिले डाडाको टुप्पोमा लेलिङ्ग लगाउने, सडक छेउमा गेट बनाउने र सिढि बनाउने काम गर्न लागिएको वडा नं. ७ का अध्यक्ष खडक बोहराले बताए ।
कस्या टाकुरो बाट डडेल्धुरा सदमुकाम अमरगढी नगरपालिका क्षेत्र, नवदुर्गा, गन्यापधुरा, अजयमेरु गाउपालिकाको अधिकांस भु भागको दृष्यावलोकन गर्न सकिन्छ भने महाभारत पर्वत श्रृंखला लगायत डोटी, आछाम, बैतडी र भारतको भु भाग पनि देख्न सकिन्छ ।
कस्या डाँडो मार्थी भ्यू टावर निर्माण गरी आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन सके आर्थिक लाभ लिन सकिने स्थतानियको भनाई छ ।
कस्या डाँडो समुद्रि सतह देखि ६ हजार ५ सय फिट भन्दा बढी उचाईमा रहेको अड्कल गरिएको छ । सदरमुकाममा रहेको अमरगढी किल्लाको उचाई समुद्रि सतह देखि ६ हजार ५ फिट मात्रै रहेको छ भने कस्या डाँडो माथी बाट अमरगढी किल्ला लगायत अन्य थुप्रै स्थानको दृष्य देखिने भएकोले यो भन्दा बढि नै उचाई भएको मान्न सकिन्छ ।
डडेल्धुरामा जिवित २५ सय बर्ष पुराना धार्मिक तथा ऐतिहासिक स्थानका रुपमा अजयमेरु कोट, उग्रतारा मन्दिर आदीलाई लिईने गरेको छ । प्राचिन कालमा कस्या टाकुरोमा राज कोट नै रहेको स्थानिय बुढापाकाहरुको भनाई छ ।
ईतिहांस
कस्या टाकुरो माथि सानो मैदान रहेको छ । त्यहा प्राचिनकालमा कुनै वंसले राज गरेको भनाई सुनेको अमरगढी-७ का ६१ वर्षिय केशव भण्डारी बताउछन । उनले सुनेको आधारमा त्यहा एउटा बुढी महिला पछि सम्म बस्थिन रे तर यसको कुनै सत्यता छैन । नत कुनै ईतिहास छ न कुनै अभिलेख नै । अमरगढी नगरपालिका ६,७ र ८ का बुढापाकाले सुनाउने कुराहरुका आधारमा कस्या टकुरोमा राज कोट थियो । हाल त्यहा कुनै कोट रहेको संरचना पनि छैन ।
टाकुरोमा उत्खन्न गर्दा ढुङ्गाको एउटा ओखल, एउटा सिलाउटो र माटाको गांग्राको एउटा टुक्रा भेटिएको छ । यसले पनि त्यहा कुनै कालखण्डमा मानव वस्ति रहेको पुष्टि हुन्छ ।
उत्खन्नका क्रममा भेटिएको ढुङ्गेवखल ।
कस्या टाकुरोको ईतिहांस २५ सय बर्ष भन्दा पनि पुरानो रहेको स्थानिय केशव भण्डारी बताउछन । उनका अनुसार प्राचिन कालमै भु कम्म गए पनि डाँडोको केही हिस्सा भासिन पुगे पछि डाँडो मुनि रहेको गाउ नै पुरिएको सुनिन्छ ।
अहिले पनि कस्या मुनि रहेको स्थानलाई सुर्काल भन्ने गरिन्छ । गाउ पुरिदा त्याहा कयौले ज्यान गुमाउनु परेकाले त्यस स्थानको नाम सुरुमा सबैको एकै ठाउमा भएको काल अथवा सुर्काल रहन गएको उनको भनाई ।

यस संगै डाँडो बाट करिब १५ सय मिटर तल ढुंगाको ओखल अहिले पनि देख्न सकिन्छ । त्यस स्थानलाई अहिले ओखलढुंगा भन्ने गरिन्छ । यस ओखलको ढुंगाको पुर्व उत्तरमा डाडु खोला छ । परापुर्व कालमै त्यहा खाना पकाउने डाडु भेटिएकाले त्यस स्थानको नाम डाडु खोला रहन गएको आफुले सुनेको भण्डारी बताउछन ।
भु कम्म कै कारण ढुङ्गाका ओखल लगायत अन्य चिज वस्तु एक ठाउ बाट अर्काे ठाउ पुगेका एवं डाँडो मुनिको गाउ नै पुरिन पुगेको उनको भनाई छ । सुर्काल भन्ने स्थानमा अहिले पनि पानिको नौला छ । कस्या टाकुरोमा राजकोट हुदा रानिले सुरुङ बाटो भएर पानि भर्ने गरेको सुनेको कतिपय स्थानियको भनाई छ ।
ईतिहास केलाई यथार्थ जानकारी गराउने गरी अभिलेख राख्न सके एवं दृष्यावलोकनको क्षेत्रका रुपमा सम्बद्र्धन गरी प्रबद्र्धन गर्न सके कस्या डाँडोलाई पर्यटकिय क्षेत्रका रुपमा छोटो समयमै विकसित गर्न सकिने स्थानिय जानकारहरु बताउछन ।
डाँडोको पुर्व तिर महाकाली राजमार्ग छेउमै शिद्धनाथ देवताको मन्दिर, पश्चिम उत्तरमा लेगी समैजी, शिखर मन्दिर, पश्चिम दक्षिणमा शैलेश्वर महादेव, भुमिराज, देउखले मन्दिर पश्चिममा कालापत्थर कालिका र उग्रतारा भगवती मन्दिर रहेकाले कस्या टाकुरोलाई धार्मिक तवर बाट देविदेवताहरुको धार्मिक केन्द्र बिन्दुका रुपमा स्थानियले लिने गरेको ईतिहांसकार ७२ वर्षिय भोजराज भट्टराई बताउछन ।

कस्या टाकुरोमा पहिलो पटक पुग्दा आफु संग भएको कुनै न कुनै वस्तु चढाउनु पर्ने सुनेकाले हामिले पनि हातको चुरा निकालेर चढाएको ७४ वर्षिय स्थानिय बृद्धा सरुदेवि भण्डारीको भनाई छ । सानै पनि थिए, हामि भर्खर भर्खरै बिहे भएर यस गाउमा आएका पाँच/छ जना थियौ, त्यसै क्रममा कस्या टाकुरो छेउमा पुगि सके पछि टाकुरो माथिकौ सानो मैदानमा गयौ त्यहा बिचमा एउटा खाल्टो जस्तै थियो र त्यसै विचमा साना साना ढुंगाले बनेको मन्दिर जस्तो सानो आकारकौ मन्दिर नै भनौ थियो ।
अनि हामि संगै गएले एक जना सासु पर्नेले ल तिमिहरु पहिलो पटक यहाँ आयौ । पहिलो पटक आउनेले केही न केही चढाउनु पर्छ भन्नु भयो अनि कसैले चुरा, कसैले डोरी ताना, कसैले चोली ताना काटेर र कसैले बटन सकेत चढाएको उनले सुनाईन । त्यति बेला हामि घाँस काट्न गएका । आफु संग केही थिएन अनि आफु संगै भएका सर सामान चढाएको उनको अनुभव छ । त्यहा कुनै न कुनै चिजवस्तु चढाउदा मानोकामना पुरा हुने भन्ने विश्वास रहेको पछि थाहा भएको बृद्धा भण्डारीको भनाई छ ।
यि यस्ता भनाई बुझाई बाट धार्मिक र ऐतिहांसिक रुपमा कस्या टाकुरोको महत्व रहेको मान्न सकिन्छ । यस क्षेत्रको विकास गर्न सके पर्यटकिय स्थलका रुपमा आर्थिक आय आर्जनको स्रोत बनाउन सकिने स्थानिय दिपक भट्टराईको भनाई छ । उनले भने, हामि यस क्षेत्रको विकासका लागी २०६७ साल बाटै लागेका छौ । अहिले आएर यसले अतिकती भए पनि चर्चा पाउन थालेको हुनाले आशा छ भोलिका दिनमा अवश्य पनि धार्मिक, ऐतिहांसिक सगै भ्यू टावर र पिकनिक स्पटका रुपमा विकास गर्न सकिन्छ ।स्रोत:- लिपुलेक न्युज


















